क्रान्तिकारी कम्युनिष्ट पार्टीका दाङ जिल्ला संयोजक माओवादी केन्द्रमा समाहित

काठमाडौं, १० भदौ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा माओवादी केन्द्रमा समाहित हुनुभएको छ । उहाँलाई एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित गराउनुभएको थियो ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्निा सापकोटा,उपाध्यक्ष पम्फा भुसाल,स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा ‘डायमण्ड’लगायतले विकलाई खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताउनु भयो । विगतमा सँगै रहेका केही कमरेडहरु अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर बढ्नुपर्ने उहाँले बताउनु भयो ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको बरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहनुभएको छ ।गत बैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबिच एकता हुँदा बिक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बन्नुभएको थियो । विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत विभाजन हुनुअघि बिक नेकपाको जिल्ला सचिवालय सदस्य र युवा जनस्वयंसेवकको केन्द्रीय सचिवालय सदस्य रहनुभएको थियो । तुलसीपुर ५ दाङ निवासी बिक युवाहरुमाझ लोकप्रिय मानिनुहुन्छ ।