भ्रष्टाचार बिरुद्धको अभियान माओवादीको मिशन ः घर्ती

घोराही,१६ भदौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जयपुरी घर्तीले माओवादी नेतृत्वको सरकारले शुरू गरेको भ्रष्टाचार बिरुद्धको अभियानमा जनताको अपार समर्थन रहेको बताउनु भएको छ ।
घर–घरमा माओवादीफ जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ आज देखि शुरू भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत दाङको घोराही–१४ मा आयोजित कार्यक्रमलाई संबोधन गर्दै घर्तीले भ्रष्टाचार बिरुद्धको यो अभियान नरोकिने बताउनु भएको हो । उहाँले वर्तमान सरकारले सबै खाले भ्रष्टाचारको फाइल खोल्ने धारणा व्यक्त गर्नुभयो । ‘अहिलेसम्म राज्यसत्तामा रहेर ब्रह्मलुट गरिरहेका पुराना शक्तिहररू अहिले अत्तालिएका छन्,’ घर्तीले भन्नुभयो–‘देशमा सुशासन कायम गर्ने माओवादीको प्रमुख मिसन रहेको छ ।’
तीन महिने विशेष रुपान्तरण अभियानमा घरघरमा गएर माओवादीले जनतासँग अन्तरक्रिया र छलफल गर्ने जानकारी दिनुभयो ।‘२०८४ सालमा माओवादी यो देशकै सबैभन्दा ठूलो पार्टी बनाउने हाम्रो लक्ष्य रहेको छ,’ घर्तीले भन्नुभयो–‘जनतालाई हाम्रो मिसनको बारेमा अझै स्पष्टीकरण पार्न जरूरी छ ।’माओवादी केन्द्र १४ नं वडा अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता दयाजी रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष नन्दबहादुर घर्तीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव भीमकुमारी पुनले गर्नुभएको थियो ।