क्रान्तिकारी महिला सङ्घद्वारा तुल्सीपुरमा तीज मिलन कार्यक्रम

दाङ, २४ भदौ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुर नगर समितिले तिज मिलन कार्यक्रम २०८० सम्पन्न गरेको छ। माओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुरनगर समितिले आज तुलसीपुर उपमहानगरपालिका वडा न. ५ प्रगतीशिल टोलमा विकाश संंस्थाको हलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र निर्वाचन आयोगका केन्द्रिय संयोजक कुबेर वलीले यो पुराना परम्परा गत चिन्तनलाई चिड्दै अबका महिला दिदिबहिनीहरुले नयाँ तरिकाले हरेक चाडपर्व मनाउनुपर्ने बताउनु भयो ।

आफ्नो पार्टी महिला उत्पीडितका विरुद्ध धेरै लडेको तर आफुहरु बीचमा कहिँ कतै चुकेको कारण अधिकांश दिदीबहिनीहरु आफूहरुबाट बिचलित हुनेसंगै आफुहरुले चाएको जस्तो परिवर्तन नहुँदा अझै त्यहीँ पुरानो संस्कारमा हुर्किन बाध्य भएको बताउनु भयो। अहिले जे भैरहेको छ यस्को मुल समस्या पाटीका शिर्ष नेतृत्वहरु सहर पसेपछि सबै जनता बिर्सने र वर्गीय रुपने रुपान्तरण हुँदै आइरहेको हुँदा फेरि आफुहरु जनताको घर,घरमा जान पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

यस्तै आफ्नो मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकि केन्द्रिय सचिवालय सदस्य पुनम शेर्पाइलीले आफुहरुले लडेर ल्याएको व्यवस्थाबाट पनि धेरै महिलाहरु अझै पछाडी परेको बताएका हुन । अनेम संघ(क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिका उपाध्यक्ष पबित्रा बुढाथोकीको स्वागत मन्तव्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी तुलसीपुर नगर कमिटी अध्यक्ष सीताराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलकराम शर्मा, लुम्बिनी प्रदेश कमिटी सदस्य मिना बुढा, चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा न.१६ का वडा अध्यक्ष शिबानन्द डागी,तुलसीपुर उपमहानगरपालिका वडा न.१२ का अध्यक्ष खुशिराम चौधरी लगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बालिका बुढाथोकीले गरेकी थिईन ।