असोज १ देखि चाडपर्व लक्षित बजार अनुगमन हुने

भदौं २७ काठमाण्डौं, सरकारले १ असोजदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ । दशैं तिहार, छट लगायतका मुख्य चाडपर्वलाई लक्षित गर्दै गत बर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले यस्तो जानकारी दिएका हुन् । ‘मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न गर्न जिल्ला प्रशासन कार्यालय सहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी छ,’ सचिव मरासिनीले भने । चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न यसरी अनुगमन गर्न लागिएको उनको भनाइ छ ।
संयुक्तअनुगमन टोलीमा वाणिज्य,आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् । संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघिनै संयुक्त छलफल गरिसकेको छ । संयुक्त अनुगमनमा यातायात,
राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन् । मन्त्रालयले यसअघि नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरेको छ भने सबै पालिकालाई बजार अनुगमन गर्न