व्यवसायीक साथीहरुले भोग्नुपरेका समस्या समाधानका निम्ती नै मेरो उम्मेदवारी हो

बसन्त जोसी, दाङ उद्योग बाणिज्य संघमा संयुतm व्यवसायिक प्यानल तर्फका अध्यक्ष पदका उम्मेदवार
दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
व्यवसायिक क्षेत्रमा देखापरेका चुनौतीका बारेमा म लामो समय देखि जानकार छु । २०७१ साल देखि उद्योग वाणिज्य संघको प्रतिनिधिका रुपमा काम गर्दै गर्दा व्यवसायिक क्षेत्रमा देखापरेका चुनौतीका बारेमा जानकारी प्राप्त गर्नुका साथै ती चुनौती समाधानका लागि कस्तो होमवर्क गर्नुपर्छ भन्ने जानकारी पनि प्राप्त भयो । ती चुनौती समाधानका लागि मैले विगत देखिनै पहलकदमी लिँदै आएको पनि छु । अहिले व्यवसायिक क्षेत्र थप धरासायी बनेको छ । मुलुकमा ब्याप्त आर्थिक मन्दीका कारण व्यवसायिक क्षेत्र धरासायी बन्नुका साथै व्यवसायिक क्षेत्रमा आवद्ध साथीहरु पलायन हुनु परिरहेको अवस्था छ । यो जटिल समस्याबाट व्यवसायिक क्षेत्रलाई कसरी मुक्त राख्न सकिन्छ भन्ने नै मेरो पहिलो चिन्तन हो । यसका लागि उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर पहलकदमी लिनु मेरो उम्मेदवारीको पहिलो र प्रमुख कारण हो । यसमा दुई प्रमुख बिषयहरु जोडिएका छन् । एउटा व्यवसायिक धरासायी बनिरहँदा राज्यले करमा गरिरहेको कडाई व्यवसायि मित्रहरुका लागि ठूलो समस्या बनिरहेको छ । कम्तिमा पनि करलाई सहुलियत बनाउन सकियो भने मात्रै पनि धेरै व्यवसायिक साथीहरुलाई व्यवसायमै आवद्ध भईरहन सहज हुने छ । यसका लागि नीजि क्षेत्रबाट राज्य र राज्यका निकायलाई दबाब दिनु मेरो पहिलो कार्यभार हुने छ । यसैगरि बैंकको चर्को ब्याज दरले ब्यवसायीहरुलाई थप मार परिरहेको छ । यो मारबाट व्यवसायीहरुलाई राहत दिन नीजि क्षेत्रको पहलकदमी वा दबाब अति आवश्यक छ । यसमा मेरो सशक्त भूमिका रहने छ । यससंगै अन्य व्यवसायिक हकहितका सवालहरु छन्, व्यवसायिक सुरक्षा चुनौतीका बिषयहरु छन्, व्यवसायिक साथीहरुले भोगिरहनु परेका यी समस्या समाधानका निम्ती नै मेरो उम्मेदवारी हो ।
– उद्योग बाणिज्य संघ व्यवसायीहरुको हित प्रर्वद्धन भन्दा बढी अन्य बाहिरका मुद्धामा केन्द्रित हुने गरेको छ भन्ने प्रश्नमा यहाँ के भन्नु हुन्छ ?
स्वाभाविकै रुपमा उद्योग वाणिज्य संघ व्यवसायिक क्षेत्रमा लागेका साथीहरुको साझा संस्था हो । यसर्थ व्यवसायिक क्षेत्रको बिषय नै उद्योग वाणिज्य संघको पहिलो प्राथमिकता हो नै । र उद्योग वाणिज्य संघ व्यवसायिक क्षेत्रको बिषयलाई छोडेर कहिल्यै पनि बाहिरको बिषयमा केन्द्रीत भएको छैन । तर व्यवसायिक क्षेत्रको बिषय संगै अन्य साझा सवालहरुमा वा भनौं सामाजिक बिषयमा पनि आफ्नो निर्णायक भूमिकामा प्रस्तुत भएको छ । तर व्यवसायिक लाई चटक्कै छोडेर सामाजिक वा अन्य साझा सवालमा मात्रै केन्द्रीत भएको भन्न चाहिँ मिल्दैन । नीजि क्षेत्रले मुलुकको आर्थिक पाटोको बिषयमा मात्रै केन्द्रीत गर्नु पर्छ भन्ने पनि हैन । यो क्षेत्रले मुलुकको आर्थिकसंगै सामाजिक राजनीतिक रुपमा पनि भूमिका खेलेको छ, जुन सह्रानीय पक्ष नै हो । जस्तो कि यहाँनेर उदाहरण दिन्छु कि दाङलाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्छ भनेर उद्योग वाणिज्य संघले अभियानको अगुवाई ग¥र्यो । यहाँनेर व्यवसायिक क्षेत्र भन्दा बाहिर गएर यो अभियानको थालनी गर्नुलाई गलत भन्न त मिल्दैन नि । राजधानी सरोकार समितिको नेतृत्व लिएको बाणिज्य संघले समग्र दाङका सबै नागरिकको भावनाको कदर गरेको हो नि ।यसर्थ समग्रमा के हो त भन्दा व्यवसायिक क्षेत्रसंगै उद्योग वाणिज्य संघले अन्य जन सरोकारका बिषयमा आवश्यक भूमिका निर्वाह गरेको छ,जुन राम्रो पक्ष पनि हो ।
–यहाँ निर्वाचन भएपछि उद्योग बाणिज्य संघलाई अघि बढाउने योजना के–के रहेकाछन् ?
पहिलो कुरा त अहिले चुनावी मैदानमा हामीहरु होमिदै गर्दा दुई फरक–फरक समूह प्रतिष्पर्धामा उत्रिएका छौँ । यो लोकतान्त्रिक परिपाटी हो । अझ यसलाई लोकतन्त्रको सुन्दर पक्ष पनि भनिन्छ । यो लोकतान्त्रिक प्रकृयाबाट निर्वाचित वा पराजित हुँदैमा हामी व्यवसायिहरु बीचको दुरी टाढा रहने भन्ने हुँदैन । किनकी हामी व्यवसायिहरु हाम्रो साझा मुद्धामा जहिल्यै पनि एक ठाउँमै उभिँदै आएका छौं । यसर्थ म निर्वाचित भएँ भने पनि म व्यवसायिक एकता नै मेरो पहिलो एजेण्डा बन्ने छ । सबै व्यवसायिक साथीहरुलाई हाम्रा मुद्धामा एक ठाउँमा उभिने बचनबद्धता मेरो रहने छ ।
कर दाता व्यवसायिहरुलाई त्रस्त हैन, पुरस्कृत गर्ने नीति बनाउन लागि पर्ने छु । संघ प्रदेश र स्थानीय सरकारले लिने व्यवसायि करको प्रणालीलाई एक द्धार बनाएर सरल र सहज प्रकृयाबाट कर भुक्तानीको व्यवस्था मिलाउनुपर्ने म देख्छु । समग्रमा हरेक स्तरका व्यवसायिहरुलाई समान ब्यवहार प्रस्तुत गरेर उनीहरुको हकहित प्राप्तीका लागि अहंम भूमिका निर्वाह म बाट हुने छ । उद्योग वाणिज्य सबै व्यवसायीहरुको साझा थलो हो भन्ने भावनाको बिकास हरेकस्तरका व्यवसायीहरुमा गराउने प्रतिवद्धता गर्दछु ।
– गाउँस्तरमा रहेका निम्न लगानीका कृषिउद्योग, व्यापारीहरुका स–साना समस्या र झमेलाहरु आउँने गर्छन तिनीहरुको नेतृत्वदायी अविभावकत्व महासंघले नगरिरहेको देखिन्छ यो कुरामा यहाँ कतिको सजग हुनुहुन्छ ?
दाङ जिल्ला उद्योग वाणिज्य संघ सबै व्यवसायिहरुको साझा थलो हो । हरेक व्यवसायिक यो संस्थाको परिवारको सदस्य हो । यसर्थ भेगीय वा व्यवसायिक स्तरलाई हेरेर ठूलो र सानोको भावनाले कसैलाई पनि हेरिनु हुँदैन भन्ने मेरो एकमात्रै मान्यता हो । ठूलो उद्योग सञ्चालन गरेका व्यवसायिहरुलाई जुन सदस्यका रुपमा उद्योग वाणिज्य संघले हेर्छ, सानो किराना पसल सञ्चालन गरेका व्यवसायीलाई पनि यो संस्थाले उहि समान व्यवहारले हेर्नुपर्छ । मलाई त्यस्तो लाग्दैन कि हिँजोका दिनमा उद्योग वाणिज्य संघले त्यसरी भेद्भावका रुपमा व्यवसायीहरुलाई फरक–फरक व्यवहार गर्यो भन्ने त । जहाँसम्म यहाँले गरेको बिषयमा यदि हिँजोका दिनमा त्यस्तो कहिँ कतै कुनै व्यवसायीहरुलाई भएको रहेछ भने अब त्यो व्यवहार कहिँ कतै पनि हुने छैन । हरेक व्यवसायी उद्योग वाणिज्य संघको परिवारको सदस्य हो । हरेकलाई संघले समान व्यवहार गर्छ र गरिनु पर्छ ।