यात्रुबहाक बस दुर्घटनामा २२ जना घाइते

९ असोज लमही, दाङको लमही ९ शिवखोला नजिक काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा घाइते भएका २२ जनाको उपचार भइरहेको छ । पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही ९ शिवखोला नजिक कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको यात्रु बाहक बस बिहान साढे ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक मल्लले जानकारी दिए ।
घाइते हुनेहरुमा सुर्खेत बिरेन्द्रनगर २ बस्ने बर्ष ६८ की गंगा देवी पुलामी, निजका छोरा बर्ष ४० वर्षिय खगेन्द्र पुलामी रहेका छन् । उनीहरु आमाछोरा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै सोही नगरपालिका४ बस्ने बर्ष १९ का पवन खत्री, १४ बस्ने बर्ष ३० का सुनाईल थापा, गाडी साहु बर्ष ३६ का जितेन्द्र भट्टराई ९मध्यम०, बर्दिया गुलरीया नगरपालिका ६ बस्ने बर्ष ३७ की तिलक सुनाररहेका छन् । गाडी साहु बाहेक अन्यको अवस्था सामान्य रहेको छ ।
त्यस्तै सुर्खेत भेरी गंगा नगरपालिका ७ बर्ष ३८ का रखबिर बस्याल, लेकबेसी गाउँपालिका ७ बस्ने बर्ष २३ को शेर बहादुर रावत, दैलेख गुरासे गाउँपालिका ७ बस्ने बर्ष २३ को प्रदिप बिसी, दैलेख डुल्लु नगरपालिका ११ बस्ने बर्ष ३९ को गणेश बहादुर शाही, बर्ष २२ का छबि लाल बिक रहेकाछन् । उनीहरु सबै नेपाली सेनामा कार्यरत हुन् । उनीहरुलाई उपचारका लागि सैनिक अस्पताल राझाँ बाँकेमा पठाइएको प्रहरीले बताएको छ ।
त्यस्तै सुर्खेत बिरेन्द्रनगर नगरपालिका १० बस्ने बर्ष २४ की उम कुमारी हमाल, वडा नं.२ बस्ने बर्ष २४ का भुपेन्द्र शाही, ५ बस्ने बर्ष ५४ का जगत जंग राना, १२ बस्ने बर्ष ५२ का मक्क बहादुर बुढा, दैलेख भैरवी गाउँपालिका५ बस्ने बर्ष ५० का बिसाखर रिजाल, वडा नंं.३ बस्ने बर्ष २५ को कृष्णा आचार्य र दैलेख डुल्लु ५ बस्ने बर्ष ५१ को ऋषिप्रसाद उपाध्याय रहेका छन् । त्यस्तै दैलेख डुल्लु १० बस्ने बर्ष ६८ को तेजेन्द्रनाथ योगी, नारायणी नगरपालिका १० बस्ने बर्ष २८ को रबिन्द्र हमाल, कालीकोट तिला गाउँपालिका९ बस्ने बर्ष ३२ को जिबन बिक र कञ्चनपुर भिमदत्त नगरपालिका ४ बस्ने बर्ष ७ की सिमिया बोहोरा घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु सवार थिए । ति मध्ये १८ जना सकुसल छन् । अचानक कल्भर्टमा बस ठोक्किदा बस दुर्घटना भएको थियो । बस १० मिटर तल खसेको छ ।