समस्यामा समाधान बनेर उभिने अभियान्ता विकाश वली

१० असोज घोराही,
२०६५ सालमा रुकुमबाट उच्च शिक्षाका लागी दाङ झरेका विकास दाङमै क्रियासिल भएर व्यवसायिक क्षेत्रमा हात हाले । विगत १५ वर्ष देखि घोराहीमा किराना पसल देखि उधोग सञ्चालनसम्मको अनुभव संगालेका विकास एक जुझारु र स्थापित युवा व्यसायी हुन । हक्की स्वभावका विकास व्यवसायीहरुलाई परेको समस्या समाधानका लागी आफनो व्यतिmगत कामलाई पन्छाएर अग्रपंक्तीमा उभिने अभियान्ता हुन ।
०७७ मा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनबाट कार्यसमिति सदस्य बनेका विकाश वली झोले पोके व्यवसायीहरुलाई कर तिरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्छ भनेर अभियान सफल बनाएका कुशल नेतृत्वकर्ता हुन ।आफूले अलि माथिको जिम्मेवारी बोकेर व्यवसायी हकहितका लागि काम गर्न सक्छु भन्ने विश्वास लिएर यहि असोज १३ गते हुने जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उमेद्ववार बनेका छन विकास । कार्यसमिति सदस्य हुदा व्यवसायीका सामस्या हरुलाई संगसंगै समाधान गर्नमा अग्रणी भूमिका निर्वाह गरेका वली घोराहीका पुराना युवा व्यवसायी मध्ये एक हुन् । उद्योग वाणिज्य संघको कार्यसमितिमा हुँदा होस् वा नहुँदा होस उनी जहिले पनि व्यवसायीक हकहितका लागी लागिपरेका छन् । विकासले विगत ५ वर्षदेखी हिमालय फुड प्रोडक्स नामको उधोग सञ्चालन गरिरहेका छन् ।

उद्योगमा हाल प्रत्यक्ष रुपमा १३ जनाले रोजगारी पाएका छन् । गल्ला तथा किराना व्यवसायि समितिको जिम्मेवार पदमा रहेका काम गरेको अनुभव उनीमा छ । उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदा व्यवसायीका समस्यालाई नजिकबाट केलाएका उनीले सोही आधारमा ती समस्या समाधानका लागी लागिपरेको हुँदा व्यवसायीले आफूलाई मत दिएर बिजयी बनाउने कुरामा उनी पूर्ण विश्बस्त छन । कार्यसमिति सदस्यमा रहँदा गरेको कामको अनुभवको आधारमा पदाधिकारी भएर व्यवसायीको हक,हीतका लागी काम गर्ने अपेक्षाका साथ सचिवपदको उमेदवार भएको उनको भनाई छ ।

कार्यसमिति हुँदा धेरै काम गरे,सकेजति काम गरियो अब पदाधिकारी भएर बाँकी काम पुरा गर्नका लागी सचिवको उम्मेदवार भएको छु, सांगठनिक कामका साथै संस्थागत विकास र व्यवसायीहरुको दुःख, सुखमा थप साथ दिनका लागी म उम्मेदवार बनेको हुँ’ वलीले भने– ‘मलाई आशा छ सम्पूर्ण मतदाता उद्योगी व्यवसायीहरुले मत दिएर बिजयी बनाउनु हुनेछ ।’