एमालेका जिल्ला नेता बस्नेत सहित ८५ जना माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर २० असोज,  एमाले दाङका जिल्ला कमिटि सदस्य जगत बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बबई गाउँपालिका ७ निवासी बस्नेत निवर्तमान जिल्ला समन्वय समिति सदस्य समेत हुन् । उनलाई बबई ७ मा आयोजित कार्यक्रमबाट उनी सहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उनलाई स्वागत गरेका हुन् ।

त्यस अवसरमा बस्नेतले आफू जिल्ला समन्वय समितिमा हुँदा पनि विकासकै लागि पहल गरेको र एमालेले विकासमा कुनै चासो नदेखाएकाले अहिले माओवादी केन्द्रले देखाएको विकासको लहरबाट प्रभाबित भई माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् ।

त्यसैगरी बबई गाउँपालिका वडा नं.६ बाट ५० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत सोही वडामा भएको कार्यक्रममा निर्मल बुढाथोकी र सम्झना अधिकारीको नेतृत्वमा ५० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमाले, काग्रेसलगायतबाट प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेको स्वकीय सचिब सम्भु रेग्मीले जानकारी दिए ।