दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागि अनुगमनको थालनी

असोज २३ दाङ, सडकको बिजोग अवस्था त्यस माथी ओभरलोड, तिब्रगति र सवारी चालकको लापरबाहीले दैनिक रुपमा थुप्रै दुर्घटना भइरहेका छन कतिले ज्यान गुमाउनु परेको छ भने कति अंगभंग हुनु परेको छ । दिनानुदिन देशका लामा तथा छोटा दुरीका सडक असुरक्षित बन्दै गइरहेका बेला दाङमा भने दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागी संयुक्त अनुगमनको थालनी गरिएको छ ।
अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमता भन्दा दोब्बर लोड बोकेर सडकमा निर्बाध रुपमा दौडिरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको हो ।
त्यसैको सिको गर्दै नेपाली नम्बर पिलेटका फाट्ट फुट्ट ट्रक पनि ओभरलोड बोकेर जोखिम पुर्ण यात्रा गरिरहेको पाइएको छ । ओभोर लोड बोकेको सवारी साधन लाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेको जिल्ला प्रसासन कार्यालय दाङका प्रमुख रामबन्धु सुवेदीले बताए । ट्राफिक नियमको उल्लंघन गर्दै ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीका लागि हामीले आज छडके चेकजाँच गरेका छौ,तेस्ता सवारी साधनलाई कार्बाहीको दायरामा ल्याउन निगरानी गरिरहेका छौं– सुबेदीले भने ।
त्यस्तै अनुगमनका क्रममा ओभरलोड बोकेका मालबाहक सवारी साधन भेटिएमा ट्राफिकले यातायात ब्यबस्था कार्यलयमा पठाएको खण्डमा नियमानुसार कार्वाही गरिने यातायात ब्यवस्था कार्यालय तुलसीपुरका कार्यालय प्रमुख रमेश गौतमले बताए । भारवाहन क्षमता भन्दा दोब्बरलोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्व समेत छल्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लका ट्राफिक नियमको उलंघन गर्न कसैलाई छुट नभएको बताए ।

राप्ती अंचल संयुक्त ट्रक व्यवसायी समिती,यातायात ब्यवस्था कार्यालय तुलसीपुर,जिल्ला ट्राफिक कार्यालय घोराही दाङ जिल्ला प्रसासन कार्यलय दाङ सहितको संयुक्त टोलिले पूर्व पश्चीम राजमार्गमा ओभरलोड र रातो नंबर प्लेटका सवारी साधारणहरु भाड़ाको रुपमा प्रयोग गरिएको छ या छैन भनि संयुक्त रुपमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा राप्ती अन्चल संयुक्त ट्रक व्यावसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले ओभरलोडका कारण भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनले आफ्नो भारवान क्षमता भन्दा बढी बोकीदिदा नेपाली ट्रक व्यावसायी टाट पल्टने अबस्थामा पुगेको बताए ।
ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरुको भनाइ छ ।
ओभरलोडका कारण राजस्व छलि मात्र नभई सडक समेत भार थेग्न नसकी कालोपत्रे उप्कने र खाल्डाखुल्डी हुने र दुर्घटनाको उच्च जोखिम हुने गरेको छ।