संगठन निर्माण र जनताका सुझाव संकलन गदैं माओवादी

असोज २४ दाङ, ‘जनजनमा माओवादी मनमनमा माओवादीको नारा सहित ३ महिने विशेष रुपान्तरण अभियान संन्चालन गरेको माओवादी केन्द्रले आफना संगठनात्मक कामलाई तिव्रता दिएको छ । बैठक, भेला, श्रमदान र प्रचारात्मक कामको १ महिने अभियानको समिक्षा गदैं दाङमा माओवादी संगठन निर्माण, सहिद परिवारका साथै जनतासँगका सुझाव संकलन गदैं अभियानको दोस्रोचरणमा प्रवेश गरेको छ ।
जिल्लाका सय वटा वडामा संगठन निर्माण र जनभेटघाटका कार्यक्रम तिव्र गतिमा चलिरहेको बताउनु हुन्छ, दाङ जिल्ला अभियान संयोजक जयपुरी घर्ती । अभियानले कार्यकर्तामा उर्जा र उत्साह थपिदिएकाले त्यसको सकारात्मक प्रभाव जनतामा परेपछि संगठन निर्माणको कामले तिव्रता पाएको संयोजक घर्ती बताउनु हुन्छ । अभियानको १ महिनाको अवधिमा गाउँ,गाउँ, टोल, टोलमा पुगि पार्टीको योजना बताएको माओवादीले हरेक गाउँमा एउटा टोल कमिटी बनाउने गरी कार्ययोजनाको थालनी गरेको छ । संगठन निर्मााण्को कामसँगै सहिद परिवार,घाइते र पूर्व जनमुतिm सेना कहाँ पुगेर छलफल गर्ने,उनीहरुबाट पार्टी रुपान्तरणका लागि सल्लाह,सुझाव लिने काम पनि सँग,सँगै भइरहेको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा अभियानका बंगलाचुली संयोजक सुवास पुन बताउनु हुन्छ । अभियानका कार्यक्रमहरुले पार्टीपंतिmलाई व्यस्त बनाएको छ भने जनतालाई संगठित बनाएको सुवास
बताउनु हुन्छ ।
अभियानमासँगै माओवादीले संगठन सुदृढीकरणको कार्यलाई जोड दिदैं पार्टी प्रवेशको कार्यक्रमलाई पनि तिव्र पारेको छ । यो अभियानको १ महिने अवधिमा पश्चिम दाङबाट अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेको संख्या ५ सय नाघिसकेको माओवादी केन्द्रीय सदस्य तथा तुल्सीपुर र बबईका अभियान संयोजक तिलकराम शर्माले बताउनु हुन्छ । अभियानले जनतामा माओवादी प्रति आशा जगाएको भन्दै संयोजक शर्माले जनताको उत्साहपूर्ण सहभागितामा पश्चिमका सबै वडाहरुमा सक्रियतापूर्वक अभियानात्मक कार्यक्रमहरु अघि बढिरहेको बताउनु भयो । माओवादी विशेष रुपान्तरण अभियान सफल कार्यान्वयनमा गइरहँदा माओवादीसँग विकास निर्माणका काम, भनसुनका काम नहुँदा जनप्रतिनीधि प्रति जनताको गुनासो पनि चर्को रहेको देखिन्छ । जनताको पार्टी भन्ने नेताहरु जनताको बीचमा नआउने भन्दै तुल्सीपुर–१८ आकासीकी तुलसा नेपालीले आफू स्वार्थमा लाग्दा माओवादी जनताको नजरबाट खस्किएको बताइन् । माओवादीले आफूलाई जनताकोस्तरमा राखेर काम गर्नुपर्ने उनको भनाई छ । जनताका सुझाव, आलोचना ग्रहण गदैं पार्टी पंतिmलाई रुपान्तरण गरी जनतासँगको सम्बन्धलाई बलियो बनाउनुनै यस अभियानको उदेश्य भएको भन्दै घोराही उपमहानगरपालिकाका अभियान संयोजक गुणेन्द्र घर्तीले माओवादी सच्चिने अभियानलाई जनताले पनि सहयोग गरेर भरोसा दर्शाएकाछन ।