५ मंसिर दाङ, नेकपा माओवादी केन्द्र दाङले जिल्लाका १० वटै पालिकामा पार्टी स्कूलिङ संन्चालन गर्ने भएको छ । मंगलबार घोराहीमा बसेको माओवादी जिल्ला समन्वय समितिको बैठकले सबै पालिकामा मंसिर १० गतेभित्र पार्टी स्कूलिङ संन्चालन गरिसक्ने निर्णय गरेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानसँगै जोडेर कार्यकर्तालाई दर्शन, राजनीति, अर्थशास्त्र आदीका विषयमा प्रशिक्षित गर्न स्कूलिङ संन्चालन गर्न थालिएको अभियान प्रमुख तथा माओवादी स्थायी समिति सदस्य जयपुरी घर्तीले जानकारी दिनुभयो ।
जिल्ला अभियान प्रमुख जयपुरी घर्तीको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले पुस ३ सम्म वडास्तरिय जनभेला तथा प्रशिक्षण पार्टी सदस्यता नविकरण, जनवर्गीय संगठनका वडा र टोल कमिटी निर्माणका कामहरु गरिसक्ने गरी कार्ययोजना बनाएको छ । त्यसका लागि लागि १ टोलमा ३ देखि ७ जनाको टिम निर्माण भई परिचालन हुनेछन । त्यस्तै बैठकले भुकम्प पीडितका लागि प्रत्येक वडाबाट राहत संकलन गरी जिल्लामा जम्मागरी प्रभावित ठाउँमा पठाउने निर्णय गरेको छ । बैठकले मंसिर १५ भित्र समाजवादी मोर्चाको पालिकास्तरीय कमिटि निर्माणका लागि पार्टीबाट २,२ जनाको दरले पठाउने निर्णय गरेको छ । वडा तहमा पार्टीका कार्यालयहरु स्थापना गर्ने कुरालाई जोड दिदै अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन घरदैलो कार्यक्रम गर्ने भएको छ ।
बैठकमा अभियान र माओवादी प्रति जनतामा जागेको आशा र विश्वासका विषयमा छलफल भएको थियो । बैठकमा उठेका विविध विषयहरुलाई समेटेर जिल्ला पार्टीको अभियान प्रमुख जयपुरी घर्ती, केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा केन्द्रिय सदस्य धनबहादुर मास्केले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । बैठकको संन्चालन जिल्ला समन्वय समिति संयोजक तुल्सीराम पुन, सुवासले गर्नु भएको थियो ।