तिवारी प्रति श्रद्धान्जली व्यक्त गदैं माओवादीले सम्झियो माले गाउँको योगदानलाई

घोराही, २२ पुुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही उपमहानगरले पार्टीका सल्लाहकार दिलबहादुर तिवारीको श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १ माले निवासी स्वर्गिय दिलबहादुर तिवारीको १३ औं दिनमा आइतबार श्रद्धान्जली सभा सम्पन्न गरेको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुुख आतिथ्यतामा भएको श्रद्धान्जली सभामा दाङको कम्युनिष्ट आन्दोलनमा माले गाउँ र तिवारीको योगदानका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले माले गाउँ र माओवादीको सम्वन्ध जनयुद्धको स्थापनाकालदेखि नै रहेको चर्चा गदैं माले गाउँ तत्कालिन समयमा माओवादीको एक विशेष थलोको रुपमा रहेको बताउनु भयो । माओवादी र माले गाउँ अझै पनि हरेक दृष्टिकोणले समदुरीमै रहेको उहाँको भनाई थियो । माले गाउँमा २०५५ सालमा दाङ, सल्यान र प्यूठान जिल्लाको संयुक्त बैठक समेत भएकाले माओवादी र माले गाउँ माओवादीहरुले विशेष तरिकाले स्मरण गर्ने गरेको वताउदै प्रमुख अतिथि आचार्यले दिवंगत दिलबहादुरको अगुुवाईमा पार्टी संगठनको विकास मात्रै नभई दुुर्गम माले गाउँ सुुगम बन्दै गएको उहाँको भनाई थियो । माले गाउँलाई अझै पूर्णता दिन वाँकी रहेको बताउदै माओवादी जिल्ला इन्चार्ज आचार्यले माओवादी र माले गाउँको सम्वन्धलाई पार्टीले प्रगाढ बनाउने गरी अघि बढ्ने बताउनु भयो ।
श्रद्धान्जली सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका संयोजक तुलसीराम पुन, सुवास, केन्द्रीय जनसाँस्कृतिक विभागका सदस्य राम प्रसाद जैसी , नेकपाका केन्द्रिय सदस्य यमलाल पुजाली, नेकपा माओवादी केन्द्रकी लुम्विनी प्रदेश सदस्य प्रमिता चौधरी, नगर सचिव भागिदास थारु, प्रेस सेन्टरका नेता पुरण शर्मा, वाईसिएल नेपालका घोराही नगरका अध्यक्ष कुशल बुढा र परिवारबाट दिलबहादुर खत्री लगायतले दिवंगत तिवारी प्रति श्रद्धान्जली व्यक्त गदंै उहाँको जीवनी र पार्टी निर्माणमा उहाँले खेलेको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र घोराही उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष भिमसेन बुढाको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभाको संन्चालन लेखा राणाले गर्नु भएको थियो ।