थारु कला,संस्कृति जोगाउन माघी महोत्सव

घोराही, थारु कला, संस्कृति र परम्परालाई उजागार गर्ने माघी पर्व नजिकिएसँगै दाङमा महोत्सव पनि बाक्लिएकाछन । थारु जातिमा माघीलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । गाउँको प्रमुख मतहवा चयन गर्ने देखि निस्राउ,कोशेली वितरण गर्नेसम्मका
रितिहरु माघीमा सम्पन्न हुने गर्दछन ।
माघी उत्सवलाई भव्य बनाउन दाङमा महोत्सवहरु पनि आयोजना हुने गरेकाछन । थारु परिकारलाई चिनाउन र थारु कला, संस्कृतिलाई जर्गेना गर्न महोत्सवको आयोजना हुने गरेको छ । माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभा दाङले माघ महोत्सव २०८० सम्पन्न गरेको छ ।
गत माघ २० गते शुरु भएको माघी महोत्सवमा थारु अगुवाहरुले संरक्षण अभावमा थारु, कला, संस्कृति संग्रहालयमा सीमित हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उद्घाटनको अवसरमा बोल्दै थारु अगुवाहरुले थारु समुदायको मौलिक कला, संस्कृति र सभ्यतामा हस आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । थारु संस्कृतिमा कतिपय विकृति पनि रहेको कुरा औंल्याउँदै थारु अगुवाहरुले विकृति रहित संस्कृति, मौलिक कला र सभ्यता संरक्षणमा जोड दिएका छन । थारु संस्कार, संस्कृति, कला केवल थारुहरुका लागि मात्र नभई सिंगो राष्ट्रकै सम्पत्ति भएको उनीहरुले बताएका छन । त्यसैले मौलिक कला, संस्कृति संरक्षणमा थारु समुदायसँगै
राज्यको पनि भूमिका रहनुपर्नेमा उनीहरुले जोड दिए । थारु भेषभुषा र संकृतिमा सजिएका युवा,युवतीहरु थारु मघौटा नाच सहित महोत्सवलाई माघीमय बनाएक थिए । थारुहरुको कला, संस्कृति र खानपानलाई चिनाउदे उदेश्य राखि देउखुरी, तुल्सीपुर र दंगीशरणमा पनि माघी महोत्सव संन्चालन हुन थालेको छ ।