आजबाट कम्युनिष्ट एकताको प्रयास शुरु ः प्रधानमन्त्री

काठमाण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजकै मितिबाट कम्युनिष्ट एकताको प्रयास शुरु भएको बताउनु भएको छ । आज (सोमबार) विहान सुखानीका सहिद परिवारसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘सहिद प्रति उच्च सम्मान छ,आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ,’–उहाँले भन्नुभयो–
‘कांग्रेस–माओवादीको गठबन्धन भत्किएको छ’ । नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री प्रचण्डले आज नै नयाँ मन्त्रिमण्डल गठन गदै हुनुहुन्छ ।