स्वस्थ मानसिक स्वास्थ्यका लागि बिहान गर्नुपर्ने कामहरू

– ध्यान र प्राणायाम ः केही मिनेटको ध्यान र गहिरो सास फेर्ने अभ्यासले मनलाई शान्त बनाउन र ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।
– आभार व्यक्त गर्नु ः आफ्नो जीवनमा रहेका
सकारात्मक कुराहरूको लागि आभार व्यक्त गर्नुहोस्। यसले दिनको राम्रो सुरुवात गराउँछ ।
– शारीरिक व्यायाम ः हल्का व्यायाम र योगले शरीरलाई ताजा बनाउँछ र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
– प्रशस्त पानी ः बिहान प्रशस्त पानी पिउनुहोस् । पानीले तपाईंको शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।
– सकारात्मक सोच ः सकारात्मक सोच राख्दै दिनको सुरुवात गर्नुहोस् । यसले तनाव कम गर्छ र मनोबल बढाउँछ ।
यी गतिविधिहरूले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन मद्दत गर्छन् र दिनभरि ताजा र ऊर्जावान महसुस
गराउँछन्।