एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थल

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालक सहित पाँच जनाको मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष),जी लि (पुरुष),यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उनीहरु सबैको मृत्यु भएको छ ।