दाङ, हरेक बर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिका सफलताको अग्रस्थानमा रहेको छ । राप्ती गाउँपालिकाले ८६.७६५ अंक सहित देशको तेस्रोमा रहेको छ ।
स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन (लिसा) मा दाङको राप्ती गाउँपालिका देशकै तेस्रो भएको हो ।
पहिलो हुन पालिकाले ८७.७६, दोस्रो हुने पालिकाको ८७.२५ अंक प्राप्त गरेकाछन् । जनप्रतिनिधि र कर्मचारीको समन्वयमा काम गर्दा पालिका हरेक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । राप्ती गाउँपालिका दाङको भने पहिलो हुन सफल भएको छ ।
पालिकाका अध्यक्ष प्रकाश विष्टले उत्कृष्ट नतिजा ल्याएर आफनो पालिका देशभरमा उत्कृष्ट बन्न सफल भएकोमा सबैलाई बधाई दिदै यो उपलब्धि प्राप्त हुनुमा प्रमुख प्रशासकीय अधिकृत, उत्कृष्ट बनाउन योगदान पुयाउने शाखाका प्रमुखहरु, इमानदार राष्ट्रसेवक र जनप्रतिनिधिको लगनशीलता,समर्पण, र निरन्तर मेहनतको प्रतिफल भएको बताएका छन ।