प्रेस सेन्टरको राजपुरको अध्यक्षमा बुढा

दाङ, प्रेस सेन्टर नेपाल राजपुर गाउँपालिको अध्यक्षमा शान्तकुमार बुढा चयन हुनु भएको छ । प्रेस सेन्टर राजपुर गाउँपालिको दोस्रो सम्मेलनले बुढाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुस्मिता खड्का सचिव प्रवेश ओली कोषाध्यक्ष तिलकबहादुर खड्का चयन हुनुभएको छ । संगठनको सदस्यहरुमा रामशरण यादव,सोहन चौधरी,सुस्मिता
चौधरी,सुदीप राणा,रमिता चौधरी,र सिर्जना चौधरी चयन हुनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्माले समाज रुपान्तरणका लागि पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । समाजले पत्रकार प्रति भरोसा राख्ने भन्दै प्रमुख अतिथि समेत रहुनु भएका शर्माले पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउनु भयो । सो अबसरमा संगठनमा रहेर लामो समयदेखि भुमिका खेल्ने रेडियो जनगणतन्त्रका रामवरण यादव,चेतराम यादव र यज्ञबहादुर वलीलाई सम्मान गरिएको थियो। सम्मानित हुने तीनै जनालाई प्रमुख अतिथि शर्माले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

संगठनका कोषाध्यक्ष तिलकबहादुर राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र राजपुर गाउँपालिका वडा सदस्य नेत्रबहादुर खत्री, दिपेश चौधरी, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी ,सहसचिव दिपक बोहरा वाईसेल राजपुर गाउँपालिका अध्यक्ष दिप बस्नेत लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
संगठनका अध्यक्ष शान्तकुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सुस्मिता खड्काले गर्नुभएको थियो ।