अब घोराहीमा पनि बिएएलएलबीको पढाइ हुने

दाङ, घोराहीमा बिएएलएलबीको पढाइ सञ्चालन हुने भएको छ । कलेजले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नोभा इन्टरनेसनल कलेजले यसै वर्षदेखि बिएएलएलबीको पढाइ सञ्चालन गर्ने भएको हो ।
राजर्षिजनक विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर कक्षा सञ्चालन गर्न लागेको अम्विकेश्वरी कलेज प्रमुख चन्द्रप्रसाद खनालले जानकारी दिए । यस क्षेत्रमा कानुन विषय पढ्ने सहजताका लागि बिएएलएलबी कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ । जिल्लामा कानुन विषय बिएएलएलबी पढाइ नहुँदा जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताए । बिएएलएलबीको पढाइ पञ्चवर्षीय हुने उनले बताए । ५ वर्षका लागि ५ लाख खर्च लाग्ने प्रमुख खनालले बताए । १० सेमेस्टरमा कक्षा सञ्चालन हुने उनको भनाइ छ । कलेजले ४० जना विद्यार्थी अध्यापन गराउन पाउने भएको छ । विद्यार्थीलाई अध्ययनसँगै कमाइमा जोडिने खनाल शिक्षा पनि दिने बताए । गुणस्तरीय शिक्षाको लागि आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । कानुन अध्यय गर्ने विद्यार्थीलाई कमाइ गर्नका लागि सहकार्य गरेर अगाडि बढिने उनले बताए ।
पत्रकार सम्मेलनमा कलेजका संयोजक केशव केसी,नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, महासंघका सल्लाहकार डा। सुदीप गौतम, सौगतवीर चौधरीलगायतले भनाइ राखेका थिए । पत्रकार सम्मेलन अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण वसन्तप्रसाद रिजालले गरेका थिए ।