दाङमा ट्याब खाएर दुव्र्यसनीमा फस्नेको संख्या बढ्दो

दाङ, दाङमा पछिल्लो समय लागू औषधका रूपमा रहेको ट्याब खानेहरूको संख्या बढिरहेको छ । मेडिकलबाट अवैद्य रूपमा किनेर ट्याब खाएर सुधारगृह जानेहरुको संख्या बढिरहेको छ ।
दाङको नयाँ पाइला पुर्नस्थापना केन्द्रमा रहेका ३५ जना मध्ये २५ जना ट्याब खानेहरूनै रहेको त्यहाँका प्रबन्ध निर्देशक सुरेश भुषालले बताए । ‘पछिल्लो समय बढि लागू औषध दुव्र्यसनीमा फसेकाहरू धेरै छन्, परिवारले पनि त्यस्तै केस बढि ल्याएर आउनु हुन्छ’,उनले भने‘त्यसमा पनि सबै भन्दा बढि ट्याब खानेहरू बढि आउँछन् ।’
परिवारले दुब्र्यसनी बारे नबुझ्दा पनि सन्तान यसरी बिग्रिरहेको उनको भनाई छ । परिवारले सन्तानले गरिरहेको गतिविधि ननियाल्दा पनि यसरी दुव्र्यसनी बढिरहेको उनले बताए । पुर्नस्थापना केन्द्रमा ६ महिना राखेर उपचार गर्नुपर्ने भएपनि परिवारले नमान्दा एक महिनामै लैजाने गर्दा पनि त्यस्ता व्यक्तिहरू बढि बिग्रिने गरेको उनको भनाई छ । दुब्र्यसनीमा फस्नेहरूमा सानो उमेरका बढि रहेका छन् । १४ वर्षदेखि २५ वर्षसम्मका बढि फस्ने गरेको उनले बताए ।