माडी गाउँपालिका ५ भाबाङ मा बंगुर पालन सम्बन्धी तालिम सम्पन्न

माडि गाउँपालिका वडा नं. ५ भाबाङमा बंगुर पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको तालिम आज एक कार्यक्रमका बिच समापन गरिएका हो ।

२ दिन सम्म संचालन भएको तालिममा वडाका २० ब्यवासायी सहभागी भएका थिए । माडी गँउपालिका ५ भाबाङ पाछाबाङमा आज एक कार्यक्रमका विच समापन गरिएको आयोजकले जनाएको छ । भाबाङका कृषकहरुलाई ब्यवसायिक बनाई आत्मानिर्भर बनाउने उद्यश्यले तालिमको आयोजना गरिएको बताईएको छ । माडी गाउँपालिकाको आ. व. २०७८/७९ तर्फ पशु शाखा बाट पालिकाको सबै वडा हरुमा पशुपंक्षि सम्बन्धि तालिम संचालन गर्ने कार्यक्रम अन्तर्गत माडी ५ भाबङ मा तालिम गराइएको हो ।

माडी गाउँपालिका ५ का वडा अध्यक्ष भरत बहादुर बुढा मगर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन माडी गाउँपालिका पशु शाखाका कर्मचारी चेतन बिक्रम पुन मगरले गर्नु भएको थियो । वडा भरी रहेका २० जना कृषकहरुले पशु पालन र त्यसको ब्यवसायिकरण सम्बन्धी तालिम लिएका हुन ।  तालिम माडी गाउंपालिका पशु शाखा संयोजक बिरभद्र बाठा मगर र चेतन बिक्रम पुन मगरले दिनु भएको माडि ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरले बताउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बुढामगरले तलिम लिएर नभई त्यसलाई जीवन उपयोगी बनाउनु पर्नेमा जोड दिनु भयो । तालिम पच्श्यात त्यसलाई ब्यवहारिकता दिन कृषकहरुलाई आग्रह समेत गर्नु भएको छ । वडालाई बंगुरमा आत्मानिर्भर बनाउन लागि २० जना पर्याप्त हुने भएकाले सबैले ब्यवसायिक रुपमा बंगुर पालनमा लाग्न आग्रह गर्नु भयो ।  तालिममा सहभागि कृषकहरु पनि सकृय पुर्वक लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ब्यवसायिक रुपमा बंगुल पालन गरेपछि संबन्धित निकायले बेलाबखतमा निग्रणी अनुगमन गरिदिन समेत अनुरोध गरेका छन् ।