नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशिल छ : मन्त्री कार्की

कोरोना भाइरसको तेस्रो लहर आक्रमक भएर आउन थाले पछि सरकारले सबै निकायलाई परिचालन गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि सबै प्रदेश स्थानिय तहहरुमा परिपत्र गरिसकिएकोले त्यसको कार्यान्वयका लागि सबै नियकाय परिचालन गर्ने भएको हो । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज यस्तो बताएका हुन । नागरिकको जीवन रक्षाका लागि सरकार संबेदनशिल रहको बताउदै कार्किले सबै तह सबै निकाय जिम्मेवार पुर्वक लाग्न आग्रह समेत गरेका छन् ।

‘पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ,’ मन्त्री कार्कीले बिहीबार भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ ।

उनले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।