समानुपातिक र समावेशी सहभागिताले मात्र प्रेदेश समृद्ध हुन्छ: मुख्यमन्त्री के.सी.

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले समृद्धि प्रदेश निर्माणका लागि सबै समुदायको सहभागितालाई समानुपातिक र समावेशी ढंगले एकीकृत गर्न सकेमा मात्रै सम्भव हुने बताउनुभएको छ । लुम्बिनी प्रदेश थारु र मगर समुदायको सँस्कृतिले भरीपूर्ण प्रदेश भएको बताउँदै यसलाई सँरक्षण र समृद्धिका लागि प्रदेश सरकार तयार रहेको बताउनु भएको हो ।

माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिदै केसीले यस्तो कुरा बताउनु भएको हो । मुख्यमन्त्री केसी द्वारा जारी बक्तव्यमा भनिएको छः–“ हाम्रो प्रदेशमा बसोबास गर्ने समुदायहरुमध्ये सबैभन्दा बढी जनसंख्या रहेको थारु र मगर समुदायको लोकप्रिय चाड “माघे सकराती एवं माघी २०७८” को उपलक्षयमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी थारु र मगर समुदायको बाहुल्य भएको बताउँदै २ गते पनि सार्वजनिक विदा प्रदान गरएको बताउनु भयो । मुख्यमन्त्री केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“लुम्बिनी प्रदेश सरकार निर्माणको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको सन्दर्भमा यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको छ ।

“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विविध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ विज्ञेप्तीमा भनिएको छ ।

समृद्ध प्रदेश निर्माणका लागि सबैलाई अपिल गर्दै थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति एवं माघी पर्व २०७८ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” लुम्बिनी प्रदेशमा मगर र थारु समुदायको बाहुल्यता रहेको छ ।