१० हजार २५४ जनामा कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी परिक्षण गर्दा यति देखिएको बताइएको छ ।  नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपकात्यकामा मात्र रहेको मन्त्रालयले जनााएको छ । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् । कोभिडका कारण  १६ जनाको मृत्यु भएको छ ।