समयमै स्थानीय तहकोनिर्वाचन हुन्छ : नेता सिंह

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।  डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिह’ सार्वजनिक कार्यक्रममा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताका हुन् ।

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेड अनुसार काम गर्न नसकेको र संविधान विपरित गएर संबिधानलाई नै मास्न खोजेको बताए । संबिधानको मर्म बिपरित गए पछि संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए । यो गठबन्धनको सरकारको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।’