सहिदहरुको अभिलेख एकिकृत गर्नु पर्यो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदहरुको सहि विवरण नदेखिएकोमा असन्तुष्टी ब्यक्त गरेका छन् । आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरण नदेखिएको यस्तो ब्यक्त गरेका हुन ।

साथै राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन समेत दिएका छन् । सहिदहरुको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए । शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

उनले शहीदहरुको योगदानलाई सधै संझिने बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने आवश्यक्ता ‌अौल्याए । प्रधानमन्त्री देउवाले शहीदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनुपर्ने बताए । प्रधानमन्त्री देउवाले भने, ‘शहीदहरुको बलिदान र आहूतिबाट नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ । जनतामा राजनैतिक, सामाजिक चेतनाहरु फैलाउन तथा नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने शहीदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरु नतमस्तक छौँ उनले भने ।