व्यवसाय सचेतना एवं लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न

विमलराज डाँगी
माघ १८,राेल्पा । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत थबाङ गाउँपालिका वडा नं ३ मिरुलमा ८ दिने व्यवसाय सचेतना तालिम एवं लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिमको आज समापन गरिएकाे छ ।
थबाङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर राेकाको अध्यक्षतामा आयाेजित समापन कार्यक्रमकाे प्रमुख अथिती गाउँपालिका उपाध्यक्ष रामकिरणी राेका मगरकाे उपस्थिती रहेकाे थियाे भने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पाण्डेयकाे आथित्यता रहेकाे थियाे ।
समापन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत पाण्डेय , उपाध्यक्ष राेका र वडाले मन्तव्य राख्नु भएकाे थियाे । मन्तव्य राख्दै उपाध्यक्ष राेकाले महिलाहरुले घरकाे चुलाे चाैकाेमा मात्र काम गर्नु पर्छ भन्ने भनाइ लाइ छाेडेर आधुनिक्ता र अहिलेकाे आवश्यक्ता केहाे भन्ने कुरा ध्यान राखी हामी कसरी आत्मनिर्भता तथा कसरी व्यवसाय बनेर हामी हाम्राे समाजको आर्थीक स्थिती माथी उकास्न तर्फ लाग्नु पर्ने बाटाे तिर अग्रसरता भएको देख्दा आफु खुसी भएकाे बताउनु भयाे ।
उहाले भन्नु भयाे तपाइहरुले तालिम अवधीभर सिकेको सिपलाइ व्यवहारमा उतार्न अनुराेध गर्नुभयाे ।
कार्यक्रमकाे समापन गर्दै वडा अध्यक्ष राेकाले यस तालिममा उत्साहका साथ महिला दिदीबहिनीहरु उपस्थित भएकाे र यस तालिमबाट लिएकाे सिपलाइ निरन्तरता दिदै काम गर्न अनुराेध गर्नु भयाे ।
८ दिन सम्म चलेकाे तालिममा करिव २५ जना स्थानिय महिलाहरुकाे सहभागी रहेकाे लघु उद्यम विकास कार्यक्रम सहजकर्ता भगवती पुन ले बताउनु भयाे ।
तालिम हामीले आफ्नै गाउँघरमा रहेका स्थानीय स्राेतलाइ प्रयाेग गरेर कसरी व्यवसाय संचालन तथा आत्मनिर्भता बन्न सकिन्छ लगायतका विषयमा तालिम दिइएकाे पुनले बताउनु भयाे ।
समापन कार्यक्रमको संचालन लघु उद्यम विकास कार्यक्रम सहजकर्ता भिमकुमारी पुनले गर्नु भएकाे थियाे ।