लागू औषध सहित रोल्पामा एक महिला पक्राउ

माघ १८ राेल्पा  अबैध लागू औषध सहित रोल्पामा एक महिलालाई पक्राउ गरिएको छ । लागू अौषध सहित एक महिलालाई इलाका प्रहरी कार्यालय सुलिचौरले पक्राउ गरेको हाे ।  पक्राउ पर्नेमा राेल्पाकाे लुङग्री गाउँपालिका -६ घर भई हाल सुनिलस्मृति गाउँपालिका -३ रुईनिबाङमा ब्यवसाय गर्दै आइरहेका  ३० वर्षिया झलमली बुढाथोकी रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ । रुइनिबाङमा झरना नास्ता पसल संचालन गरि बस्दै आइरहेका बुढाथोकीलाई विषेश सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागू औषधकाे काराेबार भइरहेको भन्ने विशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय राेल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको संयुक्त प्रहरी टाेलीले बुढाथोकीले संचालन गरेकाे नास्ता पसलमा मङगलबार अपरान्ह करिब ४ बजेतिर खानतलासी गर्दा बुढाथोकी सँग रहेको ११ पुरिया २४० मिलिग्राम ब्राउन सुगर र ६४ ग्राम चरेस फेला पारिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

पक्राउ परेकि बुढाथोकी माथि लागू औषध काराेबार तथा ओसारपसार कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।