१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताएका छन् । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उनले बताए ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद तथा नेता पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भनेर लागेको बताए ।