युक्रेन युद्धमा नेटो सामेल भएमा आणविक युद्ध हुने मिशेलकाे चेतावनी

१ चैत, एजेन्सी । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले युरोपेली संघले रुससँग युद्ध नगरेको बताएका छन् । रुस र नेटोबीच भिडन्तको स्थिति आएमा आणविक विश्वयुद्ध हुने उनको भनाइ छ ।

अल पाइस पत्रिकालाई दिएको अन्तर्वार्तामा मिशेलले पश्चिमी मुलुकहरू मस्को र किएभबीचको द्वन्द्वमा संलग्न हुन नहुने बताउँदै मिशेलले

‘रुस आणविक शक्ति हो र यो द्वन्द्व नेटो र रुसबीच हुन पुगेमा आफूहरु तेस्रो विश्वयुद्धमा पुग्ने चेतावनी दिएका हुन् ।

युरोपले सैन्य कारवाहीबाट प्रभावित क्षेत्रहरूमा मानवीय पहुँच, युक्रेनको आणविक भट्टीको स्थिति तथा मस्को र किएभबीचको शान्ति सम्झौतामा जोड दिनुपर्ने उनको भनाइ छ ।