एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं :ओली

१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने दावी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा ओलीले चुनाव जित्न गाह्रो नभएको बताए ।

कार्यकर्तालाई चुनाव जितिन्न कि भनेर चिन्ता नलिन आग्रह गर्दै उनले भने, ‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं, सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

सबै दल एकातिर हुँदा पनि एमालेको तौल बढी हुने जिकिर गर्दै ओलीले कार्यकर्तालाई चुनाव जितिन्न गाह्रो छ भन्नु नपर्ने आश्वासन दिए ।