८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर हुने सम्भावना रहेको बताएका छन् । यसबारे छलफल भइरहेको उनको भनाई छ ।
मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिनसकेको बताए । केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको उल्लेख गर्दै केही नयाँ आउने सम्भावना रहेको उनाले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको दाबी गर्दै प्रचण्डले भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई गराए पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको उनले बताए ।