घोराही, अखिल (क्रान्तिकारी) दाङले विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रम अन्र्तगत तीन महिने विशेष अभियान सन्चालन गर्ने भएको छ ।
क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एवं माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङका सचिव विश्वराज आचार्यको प्रमुख आतिथ्य र क्रान्तिकारीका केन्द्रीय सदस्य जंग रोका र केन्द्रिय सदस्य बिन्दु खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गिरबहादुर महरा संयोजक रहेको जिल्ला कार्यालय टिमलाई पुर्णता दिएको छ । कार्यालय सदस्यहरुमा हिमाल महरा, डिभाइड शर्मा, खगेन्द्र जिएम, गोविन्द मल्ल, मोहन भुसाल, रामचन्द्र बुढा, भुवन केसी, यमकुमारी विक र हिरालाल ओलि रहनु भएको छ ।
बैठकले ३ महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्नका लागि जिल्ला कार्यालय टिमबाट पालिका कमान्डरहरु खटाएको छ । जस अनुसार घोराहीमा हिमाल महरा, लमहीमा मोहन भुसाल, तुल्सिपुरमा रामचन्द्र बुढा, राप्तीमा भुवन केसी, गढवामा डिभाइड शर्मा, राजपुरमा मोहन भुसाल, दंगीशरणमा रामचन्द्र बुढा, बबईमा हिरालाल ओली र शान्तिनगरमा यमकुमारी विक रहनु भएको छ ।
बैठकले रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमलाई पनि अघि बढाउने निर्णय गरेको छ । बैठकले संगठनको मुख पत्र हुँकार प्रकाशन छिटै गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि आचार्यले समग्र राजनीतिक विषयवस्तु बारे प्रशिक्षण दिनु भएको थियो ।