आगामी निर्वाचन तयारीका लागि माओवादी लुम्बिनी प्रदेशको बैठक लमहीमा

           लमही साउन २२ । स्थानीय तह निर्वाचनकाे समीक्षा र आगामी प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनकाे तयारीका लागि माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको बैठक लमहीमा बस्दै छ ।                                     सोमबार हुने बैठकमा प्रदेश कमिटीका सदस्य र केन्द्रीय नेताहरु सहभागि रहने छन । बैठकले सगठन र निर्वाचन तयारीका लागि महत्वपुर्ण निर्णय गर्ने प्रदेश कमिटीका सचिव कृण घिमिरे, प्रकाशले जानकारी दिनुभयो ।
बैठकमा अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष पूर्वसभामुख, कृष्णवहादुुर महरा, पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन लगायतका नेताहरू उपस्थित हुने बताइएकाे छ । बैठक लमहीको सत्यशाही हलमा हुने आयाेजकले बताएको छ ।