राष्टिय स्वाधीनताका लागि समाजवादी मोर्चा आवश्यक– महरा

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराले बाहिरी देशहरुको प्रभावमा राजनीतिक दलहरु पर्न थालेको भन्दै राष्टिय स्वाधीनताका लागि समाजवादी मोर्चा आवश्यक रहेको बताउनु भएको छ ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेशको बैठकलाई लमहीमा सम्वोधन गदैं नेता महराले राजनीतिक दलहरु दलालीकरण तर्फ उन्मुख हुँदै गएको बताउँदै प्रतिकूल अन्र्तराष्टिय परिस्थितिले नेपालमा पारिरहेको प्रभावले राष्टिय युद्ध गर्नुपर्ने अवस्थाको स्थिति पनि आउँन सक्ने बताउनु भयो ।

जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर गठबन्धनलाई टाइट गदैं अघि बढ्न बैठकमा सहभागि प्रदेशका नेता,कार्यकर्तालाई निर्देशन गदैं नेता महराले जनतासँग नजोडिएर पार्टी बिग्रिएको स्वीर्कादै ‘त्यसको दोष मैले लिन्छु र अन्य नेताहरुले पनि सोही अनुसार लिएर जनतामा पुग्ने कुरालाई प्रमुख एजेण्डा बनाएर जाऔं’ ।

प्रदेश अध्यक्ष सुर्दशन बरालको अध्यक्षतामा बसेको बैठकले सचिवालय निर्माण, स्कूलिङ संन्चालन, विभाग÷मोर्चाहरु गठन लगायतका संगठनात्मक निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनका लागि गर्नुपर्ने तयारीका बारेमा विभिन्न निर्णयहरु गरेको छ ।
बैठकलाई माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानि खनाल, बलदेव र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलबहादुर केसीले सम्बोधन गर्नुभएको थियो ।