दाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभाका सदस्य तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ ।
भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको सम्बन्धन अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, स्थानीय सहर र नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधारका क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ बृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।