काठमाडौं, सत्ता गठबन्धन भित्रैका बामपन्थी दलहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने तयारी गरेका छन । मंसिर ४ को निर्वाचनमा सत्तारुढ गठबन्धनका बामपन्थी दलहरु एउटै चिन्ह लिएर निर्वाचनमा भाग लिने तयारी थालेका हुन ।
सत्तारुढ गठबन्धनका एक शिर्ष नेताले दिएको जानकारी अनुसार आन्तरिक गृहकार्यमा दलहरु जुटिरहेका छन । यही सोमबार भित्र एउटै निर्वाचन चिन्ह लिएर जाने बिषयमा सार्वजनिक घोषणा गर्ने तयारीमा दलहरु लागेका रहेका छन । एउटै चिन्ह लिएर निर्वाचन लड्ने तयारीमा रहेका दलहरुले आन्तरिकरुपमा तयारी तीब्र पारेका छन । गठबन्धनभित्रैका बाम दलहरुले कांग्रेससँग सिट बाँडफाँटमा समेत सामुहिक रुपमा माग गर्ने तयारी थालेका छन ।
एउटै चिन्ह लिएर निर्वाचनमा होमिने दलहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराइको नवगठित नेपाल समाजवादी पार्टी, बामदेव गौतमको नेकपा (एकता अभियान) रहेका छन ।
आन्तरिक तयारी भइरहेको यही सोमबारसम्म सहमति हुने ती नेताको भनाइ छ। केही समय अगाडिदेखि तयारी थालिएको समाजवादी केन्द्रले मूर्तरुप नलिए पनि समाजवादी केन्द्र गठनको तयारी थालेका दलहरु एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा भाग लिने बिषयमा सहमत भएका छन ।