माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसियाँ, हतौंडामा चुनाव लड्ने तयारी गरेका बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय माओवादीले गरेको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णवहादुर महराले बामदेवको पार्टी र बाबुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी स्थायी समिति बैठकले अनुमोदन गरेको जानकारी दिए ।
माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने भएको बताए ।