६ भाद्र काठमाडौं, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति बनेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीचको भेटमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको हो।
चुनावपछि पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाएर जाने सहमति पनि बनेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।
यसअघि एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न संयोजन समिति बनाएको थियो .