दाङ— विप्लव नेतृत्वको नेकपा माओवादी सहित ४ दलद्धारा गरिएको बन्दको मौका छोपी टिप्पर चालक र सह–चालकले आफैले चलाउँदैं आएको टिप्पर माथि आगजनी गरेकाछन । बिमा रकमको लोभमा परी उनीहरुले टिप्पर माथि आगजनी गरेको खुलेको छ । उनीहरुले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सह–चालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा.१.ख. १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सह–चालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए ।