चीनमा फेरि कोरोना फैलिँदा एकैदिन ३ हजार बढीमा संक्रमण, विद्यालय र केही शहरहरु बन्द

२९ फागुन, काठमाडौं । चीनमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । सन् २०२० को फेब्रुअरी महिनापछिको सबैभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका हुन् ।
कोरोना संक्रमितको संख्या बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ भने पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० लाख आसपास छ । संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । पछिल्लो एक महिनामा मात्रै विश्वभर ५ करोडभन्दा बढी कोरोनाका संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

उता फ्रान्सले पनि संक्रमित बढ्न थालेपछि ८० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ ।