तपाई सहिद स्मृति विद्यालयको पिन्सिपल हुनुहन्छ,स्कूलको अवस्थाको बारेमा बताइदिनुहोस न ?
धन्यवाद । मलाई यस विद्यालयको बारेमा केही कुरा राख्ने अवसर दिनु भएकोमा । म विगत ११ बर्ष देखि यस विद्यालयको प्रशासक तथा शिक्षकको रुपमा आवद्ध छु । हाल विद्यालय द्धन्द्ध पीडित शिक्षा कार्यक्रम अन्र्तगत सहिद प्रतिष्ठानको मातहतमा संन्चालित रहेको छ । आवासीय ४८० र स्थानीय करिब सय जना गरी ५८० विद्यार्थीलाई विद्यालयले अध्यापन गराइरहेको छ । प्रविधिक र अप्राविधिक दुबै धारका कार्यक्रम संन्चालनमा छ । नेपाल सरकारको पूर्ण अनुदानमा संन्चालित भएकोले सरकारी÷सामुदायिक विद्यालय बराबरको मान्यता यस विद्यालयले प्राप्त गरेको छ ।
स्कूलमा कति जिल्ला र कस्ता,कस्ता प्रकृतिका विद्यार्थी,कुन सामाजीक मनोविज्ञान बोकेर पढ्न आउँने गरेकाछन ?
यस प्रकृतिका विद्यालय देशभरी ५ वटा छन ।दाङ जिल्लामा रहेको यस सहित स्मृति आवासिय माध्यामिक विद्यालयको सेवा क्षेत्र भनेको साविकको मध्यपश्चिमान्चल विकास क्षेत्रका १६ जिल्ला तोकिएको छ । उतm १६ जिल्लाका द्धन्द्धपीडित परिवारका वालवालिकाले यस विद्यालयमा पूर्ण रुपमा निशुल्क आवास सहितको अध्ययन गर्ने अवसर प्राप्त गरेकाछन । द्धन्द्धपीडित परिवार भन्नाले विगत २०५२ फागुन १ गते देखि २०६३ को शान्ति सम्झौता सम्मको अवधिमा राज्यपक्ष वा विद्रोही पक्षबाट सहित वेपत्ता र घाइते भएका परिवारका छोराछोरी, भाइभतिजा, नाती नातिना पर्दछन ।यो चाहि कानुनी र प्रशासनिक रुपमा प्रमाणित हुनु पर्दछ । यस विद्यालयमा पढ्न आउँने द्धन्द्ध पीडित परिवारको मनोविज्ञान अलि फरक पाइन्छ ।यिनीहरुले हाम्रो अविभावकले राज्य सतmा परिवर्तनका लागि योगदान दिएकाछन । यो अवसर हामीले अधिकारकै रुपमा प्राप्त गरेका छौं भन्ने रहेको छ ।अलि शुरु,शुरुमा आउँने विद्यार्थीहरु त झन आफनै आँखा अगाडि अविभावकलाई वेपत्ता पारेको, हत्या गरेको वा दमन गरेको घटना स्मरण नै गर्ने गरेको व्यथा सुनाउँछन । यहाँका विद्यार्थीहरु अनुशासित सहितको क्रान्तिकारी भाव र मनोविज्ञान व्यतm गर्ने गर्दछन् ।
द्धन्द्धमा आफना अविभावक गुमाएका बालबालिकाहरुको पढाईलाई कसरी ग्रहण गरिरहेकाछन र उनीहरुले आफनो भविष्यको लक्ष्य कस्तो बोक्ने गरेको पाउँनु भएको छ ?
द्धन्द्धमा अविभावक गुमाएता पनि पढाईलाई अत्यन्त महत्वपूर्ण जीवन निर्वाहको पक्षका रुपमा यहाँका बालबालिकाले लिने गरेकाछन । ग्रामीण परिवेश, विकट भूगोलमा यो शैक्षिक अवसर पाउन कठिन हुने भएकोले आवासीय सुविधा सहित निशुल्क पठनपाठन गर्न पाउनु अवसरका रुपमा लिएकाछन । सरकारले द्धन्द्ध पीडितलाई यसरी सुविधायुतm पठनपाठनमा जोड्नु अत्यन्त खुसीको कुरा पनि हो । यो अवसर नपाएका भए यी निर्दोष वालवालिकाहरु आज सामाजीक, राजनैतिक वा आर्थिक रुपमा हीनताबोध गर जीवनलाई लथालिङ्ग पार्थे होलान जस्तो लाग्दछ । यहाँबाट पढाई सकेर गएका विद्यार्थीहरुले राम्रो व्यतिmत्व निर्माण गरिरहेका छन । विद्यार्थीले आफनो इच्छा अनुसार लक्ष्य बनाएर अगाडि बढेकाछन र सफल पनि भइरहेकाछन ।विद्यार्थीले डक्टर, इन्जिनियर, राजनैतिक पद, खेलकूद, शिक्षक, बैङ्क कर्मचारी, व्यापारी लगायत बैदेशिक अध्ययनमा जाने इच्छा व्यतm गर्दछन् । राम्रो,
राम्रो पद प्रतिष्ठामा बसिरहेकाछन ।
सहिद स्मृति आवासिय विद्यालय भएकाले त्यहाँ उनीहरुको व्यवस्थापन तपाईहरुले कसरी गरिरहनु भएको छ ? र आवासको बसाईमा उनीहरुलाई तपाईहरुले कस्तो संस्कार र ज्ञान सिकाउने गर्नुभएको छ ?
सहिद स्मृति आवासीय माध्यामिक विद्यालय संन्चालनका लागि आर्थिक व्यवस्थापन गर्न नेपाल सरकारको अनुदान बजेट प्राप्त
भइराखेको छ । उतm अनुदानबाट विद्यालय व्यवस्थापन समिति र तुल्सीपुर उप महानगरपालिकाको संयोजनले आवश्यक शीर्षक बाँडफाट गरी नियमसंगत खर्च व्यवस्थापन गर्ने गरेका छौं । विद्यालयका २ वटा क्षेत्र छन । एउटा आवासीय क्षेत्र छ जहाँ १०÷४ बाहेक अन्य समय घरायसी वातावरणमा बिताउने गर्दछन् । अर्को क्षेत्र भनेको विद्यालय हो, जहाँ विद्यार्थीले पठनपाठन गर्ने गर्दछन् । आवासमा हुँदा घरकै जस्तो वातावरणमा सबै मिलेर बस्ने, खाना खाने, आफनो व्यतिmगत र कोठाको सरसफाई आफै गर्ने,शनिवार वा विदाका दिन भान्सामा सघाउने,विद्यालय सरसफाई गर्ने, आदी काम गर्ने गर्दछन । जे होस विभिन्न जिल्लाका विद्यार्थीहरु भएपनि एउटै परिवारका सदस्य हौं भन्ने भावनाले मिलेर बसेकाछन । यो देख्दा सबैलाई खुसी लाग्दछ । नर्सरीदेखि १२ कक्षा सम्म पढ्ने केटाकेटी रमाएर बसिरहेका हुन्छन । संस्कारको कुरा गर्ने हो भने व्यवहारिक रुपमा जीवन चलाउन आवश्यक पर्ने व्यवहार,सामूहिक बसाँईमा मिलेर बस्ने र नैतिकता,अनुशासन आदी कुराहरुलाई महत्व दिएर सिकाएका छौं । आवास व्यवस्थापनमा शिक्षक कर्मचारी नै खट्नु हुन्छ । हामी आफैले २४ सैं घण्टा आवासमा बसेर विद्यार्थीको हेरचाह गर्ने गरेका छौं । शिक्षकलाई आवासमा रहे वाफत कुनै पनि अतिरितm शुल्क दिने गरेको छैन । सीमित जनशतिm,श्रोत, साधनबाट विद्यालयको र आवासको व्यवस्थापन गर्ने गरेका छौं ।
अविभावक गुमाएका बालबालिकाले स्कूलको पढाई सकेर उच्च शिक्षा कसरी हासिल गरिरहेकाछन त ? त्यहाँको स्कूल पढेका कोही विद्यार्थी अहिले सरकारी सेवामा कार्यरत वा कुनै ओहदामा रहेकाछन?
द्धन्द्ध पीडित बालबालिकाले यस विद्यालयबाट पाउने सुविधा भनेको १२ कक्षासम्म मात्र हो । त्यस भन्दा माथिल्लो तहको शैक्षिक योग्यता प्राप्तको लागि आफै व्यवस्थापन गर्नुपर्ने हुन्छ । सरकारको सीमित अनुदानको कारण १२ कक्षा भन्दा माथिको पठनपाठनमा हामीले कुनै पनि सहयोग गर्न सकेका छैनौं । आर्थिक रुपमा सक्षम हुनेले अगाडि बढेकाछन । नहुने कमजोर ले १२ कक्षा पछि पढाई छोडेर बसेकाछन । यस विद्यालयबाट पढेर गएका थुपै्र विद्यार्थीहरु सरकारी सेवामा नाम निकाली सेवा गरिरहेकाछन । नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्य सेवा,प्राविधिक सेवा, खेल क्षेत्र, निजामति सेवा, स्थानीय जनप्रतिनिधी ,शिक्षक आदी लगायत चिकित्सा र इन्जिनियर क्षेत्रमा समेत पेशागत रुपमा जोडिएकाछन ।
आजको सामाजिक मनोवृत्ति र हाम्रो शिक्षा बीच कति तालमेल र कति अन्तरविरोध देख्नु हुन्छ यहाँले ? वर्तमान शिक्षा र सामाजीक मनोवृत्ति बीच निकै भिन्नता पाएको छु मैले । हालको विज्ञान र प्रविधिको उच्चतम विकास अनि समाजमा बढ्दै गएको अस्वस्थ प्रतिष्प्रर्धाले मान्छेलाई जतिसुकै पैसा कमाएपनि वा प्रगति गरेपनि सन्तुष्टि हुन सकेको छैन । हालको शिक्षाले विद्यार्थीले खोजे जस्तो व्यवहारितmा र सन्तुष्टि दिन सकेको छैन । विदार्थी घर,परिवार आफन्तिसँग जोडिन चाहे कै छैन । आफना संस्कार,संस्कृति आफनो पृष्ठभूमि,आफनो क्षमता बुभ्नै चाहदैन् । तर पाठयक्रमले
अन्र्तराष्ट्रिय मापदण्ड पुरा गर्ने भन्दै अशोभाविक विषयवस्तु कक्षाकोठामा लागू गर्न बाध्य पारिएको छ । त्यसैले विद्यार्थी उच्च शिक्षामा विद्यालयमा टिक्न नसक्नु भनेको सामाजीक मनोवृत्ति र हाम्रो शिक्षा नीति बीच तालमेल छैन कि जस्तो लाग्छ । यसको लागि विदेशी शिक्षा होइन हाम्रै आफनै देश,भूगोल,उत्पादन र सांस्कृतिक आवश्यकतmासँग मेल खानेगरी समय सापेक्ष पाठयक्रम र शिक्षा नीति तयार गर्नुपर्ने देखिन्छ।
. आजका युवाहरु शिक्षा आर्जन भन्दा विदेश पूग्ने सपना बढी देख्नुमा हाम्रो शिक्षा प्रणाली, सामाजीक प्रभाव वा बाध्यात्मक परिस्थिति कुन पक्ष बढि हो जस्तो लाग्छ यहाँलाई ?
समसामयिक र जल्दोबल्दो समस्याको प्रश्न राख्नु भयो । जुनसुकै भूगोलमा पुगे पनि विद्यार्थीको चाहना भनेको विदेश जाने भन्ने नै हुन्छ । यो चाहना होइन, बाध्यता हो । किनभने देशमा बसेर रोजगारी गरेर कमाएको आर्थिक स्रोतले समसामयिक जीवनका आवश्यकतmा पुरा गर्न नसकिने भएको छ । सुविधा र आवश्यतmा दिनानुदिन बढ्दै छन । नेपालको परिस्थिति अनुसार आयस्रोत बढेको छैन । अवसर कम छन । त्यसैले हरेक तहका र भूगोलका विद्यार्र्थीको इन्छा भनेको विदेश जाने नै हुन्छ जस्तो लाग्दछ । नेपालमा पढेर आफनो आवश्यतmा परिपूर्ति गर्न सकिदैन भन्ने मनोविज्ञान विकास भइरहेको छ । आजको पुस्ता आवश्यतmा भन्दा बढी महत्वाकांक्षी बन्द गएको छ ।यो महत्वाकांक्षाको प्रभावले सबैलाई असर पारेको छ ।
खासमा अब देशलाई चाहिने शिक्षा कस्तो हो ? र त्यस्तो शिक्षा निर्माण नहनुको खास कारण के लाई देख्नु हुन्छ यहाँले ?
अबको शिक्षा भनेको आफनो देशमा भएका स्रोत,साधनलाई उपयोग गरेर आयआर्जनमा गर्न सक्ने दक्ष्य जनशतिm उत्पादन गर्न जोड गर्नु
परयो । हरेक कलकारखानामा भारतीय नागरिक प्राविधिकका रुपमा कार्यरत छन । तर नेपाली प्राविधिक भएर त्यहाँ रोजगारको अवसर पाउँदैन । कारण क ेहो ? भन्ने पक्षको सुक्ष्म अध्ययन गरी ठोस नीति बनाउन आवश्यक देखिन्छ ।योग्यता अनुसारको रोजगारी सिर्जनागरी देशमा काम गर्नेहरुलाई राजनैतिक भागबण्डाबाट स्वतन्त्र बनाउनु पर्दछ । हालको शिक्षा प्रणालीसँग विद्यार्थी आफै विश्वसनिय देखिदैनन् । पहुँचको भरमा रोजगारी पाउने वा अवसर पाउने स्थितिको अन्त्य गर्नु पर्दछ । देशलाई चाहिने शिक्षाँ नीति बन्न नसक्नुमा मुख्य कारण भनेको नेतृत्वले आफनो दलीय स्वार्थमा काम गर्नु नै हो । नेतृत्वले देशमा आवश्यतmा के हो भन्ने कुराको सुक्ष्म अध्ययन गर्न नै चाहदैनन् । त्यसैले पहिलो कारण भनेको आवश्यक ठोस नीति र त्यसपछि दृढताका साथ कार्यान्वयन गर्न नसक्नु नै हो जस्तो लाग्छ ।
अन्तिममा भन्न छुटेका यहाँका केही कुरा छन भने ?
अन्त्यमा मलाई यो अवसर दिनु भएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु । म सहिद स्मृति आवासीय माविको प्र.अ.को हैसियतले के भन्न चाहन्छु भने नेपालमा यस प्रकारका विद्यालय अझै पनि धेरै संख्यामा आवश्यक छ । आर्थिक, सामाजीक वा अन्य कारणले अझै पनि विभिन्न बालबालिका विद्यालय पुग्न सकेका छैनन् । टुहुरा,लोपोन्मुख,सडक वालवालिका, अपाङ्, हलिया, मुतmकमैया, भुकम्प पीडित विभिन्न कमजोर परिस्थितिका बालबालिकाले विद्यालयको आँगन अझै पनि टेक्न पाएका छैनन् । त्यस्ता बालबालिकाको आवश्यकतmा र स्थिति, पहिचान गरी माध्यामिक तहसम्मको आवास सहितको पठनपाठन निशुल्क रुपमा सरकारले व्यवस्था गर्नु पर्दछ भन्ने लाग्दछ । र अर्को कुरा सहिद स्मृति विद्यालय नेपाल सरकारको पूर्ण अनुदानमा संन्चालित पूर्ण आवासीय विद्यालय हो । विद्यालयका बारेमा कुनै पनि राजनैतिक आधारमा यो वा त्यो बहानामा कुरै नबुझी मानसिकता नबनाउन आग्रह गर्दछु ।
धन्यवाद ।