सधैं जवान देखिराख्नु छ भने …

प्रा.डा.प्रकाशराज रेग्मी
कहिलेकाही कुनै व्यक्तिको उमेर सोध्दा उक्त व्यक्तिले दिएको उत्तरले अचम्मित बनाउँछ । हेर्दा ५० वर्षको जस्तो देखिन्छ तर ७५ भएँ भन्छ । धेरैजसो अवस्थामा यसको ठीक उल्टो पनि हुन्छ । ५० वर्षकै उमेरमा गाला । निधार चाउरिएर ७५–८० वर्षको जस्तो देखिने पनि प्रशस्तै हुन्छन । यसकारण उमेरले मात्र मान्छे बूढो वा जवान हुँदैन । मैले संगत गरेका ७५ वर्ष काटेका जवानहरु धेरै छन, जसले अत्यन्तै जोशिलो, उल्लासमय,स्वस्थ ।सुखी जीवन बिताइरहेका छन । कसको मुटु
रक्तनलीहरु कति जवान छन भन्ने कुरा उसको उमेरमा भर पर्दैन भन्ने मैले देखेको छु ।
मान्छेले जन्मेपछि बिताएका वर्षहरु । उसको शारीरिक अवस्थाको उमेर नमिल्न सक्छ । मान्छेले बिताएका वर्षहरु भन्दा पनि उसको मुटु । रक्तनलीहरु कत्तिको जवान छन भन्ने कुराले जीवनमा बढी महत्व राख्छ । जीवन, मृत्यु पनि यसै कुराले निर्धारण गर्छ ।वर्ष धेरै काटे पनि यदि मुटु जवान छ भने तपाईं जवान नै हुनुहुन्छ ।अझ धेरै बाँच्नुहुन्छ ।हामी सबैको प्रयास ७०–८० वर्ष पुग्दा पनि जवान नै रहने तर्फ हुनुपर्दछ । यस सन्दर्भमा विज्ञानले प्रमाणित गरेका । मेरो चिकित्सा पेसाको अनुभवले सही सावित गरेका केही व्यावहारिक उपायहरु यहाँ उल्लेख गर्दै छु ।
१– सन्तुलित आहार 
हाम्रो दैनिक आहार सन्तुलित हुनुपर्छ, अर्थात हामीलाई हाम्रो शरीरको गतिविधि अनुसारआवश्यक ऊर्जा (क्यालोरी) प्राप्त गर्नका लागि चाहिने कार्बोहाइड्रेट, चिल्लोपदार्थ, प्रोटिन, लवणहरु
(मिनरल) भिटामिनहरु सन्तुलित मात्रामा हुनुपर्छ । १८ सय क्यालोरी दैनिक चाहिने व्यक्तिले ६ सय क्यालोरी कार्बोहाइड्रेटबाट, ६ सय क्यालोरी चिल्लो पदार्थबाट । ६ सयक्यालोरी प्रोटिनबाट लिनुपर्दछ । कार्बोहाइड्रेट खस्रो । फाइबर बढी भएको हुनु पर्दछ । यो प्रशोधित हुनु हुँदैन । यस्तै प्रकारले चिल्लोपदार्थ पनि असल चिल्लो हुनुपर्दछ ।प्रशोधित हुनु हुँदैन । प्रोटिन धेरैजसो वनस्पतिमा आधारित । केही मात्र जनावरमा आधारित हुनु पर्दछ । जनावरमा आधारित प्रोटिनमा बोसो नभएको । सेतो मासु, माछा उत्तम मानिन्छ । यस प्रकारको सन्तुलित आहारले मान्छेलाई स्वस्थ राख्न मद्दत गर्छ ।
सन्तुलित आहारमा जवानी कायम राख्ने केही विशेष कुराहरु थप ग¥यो भने त्यो विशेष सन्तुलित आहार बन्छ । जस्तो–क० ओमेगा– ३ फ्याट्टी एसिड भएको चिल्लो धेरै खाने यो ओमेगा ओखर, कागती बदाम, काँक्रो, फर्सी, सूर्यमुखी,आलस आदिका बियाँहरु ।केही विशेष जातका माछाहरुमा बढी पाइन्छ । यसले अनुहारमा चमक प्रदान गर्दछ ।छालालाई चाउरी पर्नबाट रोक्दछ । हामीलाई दैनिक दुई ग्राम ओमेगा चाहिन्छ । दैनिक एक मुठी ओखर । एक ठूलो चम्चा बियाँ खाँदा यो प्राप्त हुन्छ ।
ख० प्रशस्त मात्रामा प्रोटिन खाने । ५० वर्ष काटेपछि खाएजति प्रोटिन शरीरले पचाउन सक्दैन ।उदाहरणका लागि एउटा २० वर्षको व्यक्तिले ४० ग्राम प्रोटिन भएको खाना खायो भने त्यो पूरै पच्छ । शरीरमा उपयोग हुन्छ । तर ५० वर्ष भन्दा माथिको व्यक्तिले खायो भने यस मध्ये २० ग्राम पचेर शरीरमा उपयोग हुन्छ । बाँकी २० ग्राम शरीरबाट बाहिर निस्किन्छ ।अब ४० ग्राम शरीरलाई चाहिने रहेछ भने उसले ८० ग्राम प्रोटिन खानुपर्छ । प्रोटिनले मांसपेशी निर्माण गर्दछ । उमेर बढ्दै गएपछि मान्छेहरु थोरै खान थाल्छन् । यसमा प्रोटिन कम भयो भने शरीरको मांसपेशी घट्न थाल्छ । छाला चाँडै चाउरिन थाल्छ । उमेर बढ्दै जाँदा खानामा प्रोटिन । पोषणतत्वहरु घटाउँदै जानु हुँदैन, शरीरले मागे जति खानुपर्छ तर सबै कुरा
सन्तुलित मात्रामा खाने गर्नुपर्छ । छाला जवान देखिन त्यसमुनिको बोसो । मांसपेशी घट्नु हुँदैन ।
ग० फलफूल, साग, हरियो तरकारी प्रशस्त खाने
फलफूलमा अनार,सागमा लामो पात भएका हरिया सागहरु । हरियो तरकारीमा लामो जातका तरकारीहरु जस्तै–लौका, घिरौँला, बोडी, सिमी, निउँरो आदिमा विशेष प्रकारका पोषण तत्वहरु हुन्छन,जसले स्वास्थ्य । जवानी कायम राख्न मद्दत पु¥याउँछ । अनुसन्धानहरुले देखाए अनुसार यी पोषण तत्वहरुले हाम्रो शरीरमा पाचनका क्रममा उत्पन्न हुने हानिकारक तत्वहरु फ्री रेडिकललाई कम गर्दछ साथै शरीर बूढो हुने प्रक्रियालाई निष्क्रिय बनाउँछ ।
२– प्रशस्त मात्रामा हिँड्ने ः जति हिँड्न सक्यो त्यति राम्रो हो ।तर अप्ठेरो हुने गरी जर्बजस्ती धेरै हिँड्नु वा व्यायाम गर्नु हुँदैन । शरीरलाई सधैँ सक्रिय राख्नुपर्छ ।जोडदार कसरत गर्नुपर्छ भन्ने छैन । जवानी कायम राख्न दैनिक पाँच किलोमिटर वा १ घण्टा हिँड्दा उत्तम हुन्छ ।हिँड्दा शरीरका सबै अंगहरुको व्यायाम हुन्छ । हिँड्नेभन्दा राम्रो शारीरिक व्यायाम अरु कुनै छैन । हिँड्दा दिमागको समेत
राम्रो व्यायाम हुन्छ । मानसिक तनाव घट्छ । अनुहारमा चमक आउँछ । हड्डीहरु, मांसपेशीहरु बलिया हुन्छन् ।
३– ७ देखि ८ घण्टा दैनिक सुत्ने
जवान देखिन राम्रोसँग सुत्नुपर्छ । दैनिक ७ देखि ८ घण्टाको निद्रा भयो भने अनुहारको चमक कायम
रहन्छ ।अनुसन्धानले देखाए अनुसार दैनिक ६ घण्टा भन्दा कम । ८ घण्टा भन्दा बढीको निद्राले स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्छ । सबैभन्दा उत्तम ७ देखि ८ घण्टाको निद्रा हो । ठीक समयमा सुत्ने । उठ्ने अनुशासन अर्को महत्वपूर्ण पक्ष हो । यस्तै प्रकारले गाति चाँडै सुत्ने । बिहान चाँडै उठ्ने बानी सबैभन्दा राम्रो हो । हामी नेपालीहरुका लागि
राति १० बजे सुत्ने । बिहान ५ देखि ६ बजेसम्ममा उठ्ने बानी अति उत्तम हो ।

४– मानसिक तनाव । क्रोध नियन्त्रण ः
मानसिक तनाव, क्रोधको अवस्थामा शरीरमा धेरै नै स्वास्थ्य समस्याका जटिलताहरु उत्पन्न हुन्छन । यति मात्र होइन, यो अवस्थामा शरीरमा उत्पन्न हुने एड्रिनालिन ।कोर्टिसोल नामक सायन हर्मोनहरुले छालाको मसिना रक्त नलीहरुलाई सुकाइदिन्छन, जसका कारण छाला चाँडै चाउरी पर्छ । तनाव, क्रोधले मानिसलाई उमेर नपुग्दै बूढो बनाइदिन्छ ।
५– सुर्ती  र रक्सीको सेवन नियन्त्रण ः
सुर्ती, चुरोट धेरै रक्सी पिउनेहरु चाँडै बूढो हुन्छन । सुर्तीले रक्तनलीहरुलाई सुकाउँछ । चाँडै छाला चाउरी पार्छ । रक्सीले कोषिकाहरुलाई नष्ट पार्छ । छालालाई चाउरी पार्छ ।
रेड वाइन थोरै मात्रामा
(दैनिक १०० एमएलसम्म) पिउँदा छालालाई राम्रो बनाउँछ भन्ने अनुसन्धानहरु पनि छन । रातो अंगुरको बोक्रामा भएको एक प्रकारको एन्टिअक्सिडेन्टले छालालाई चाउरी पर्नबाट जोगाउँछ भन्ने केही वैज्ञानिक आधारहरु प्रकाशित छन । व्यावहारिक कुरा गर्दा रेड वाइन मात्र पिएर जवान भइँदैन, तर खानापान,व्यायाम,तनाव मुक्ति, निन्द्रा आदि सबै कुरा राम्रो भएको अवस्थामा थोरै रेडवाइन पनि थपियो भने यसले सकारात्मक असर देखाउन सक्छ ।
६– प्रशस्त पानी पिउने ः
मानिसको शरीरको ७० प्रतिशत भन्दा बढी भाग पानीबाट बनेको हुन्छ । जवानीमा शरीरमा पानी धेरै हुन्छ ।उमेर बढ्दै गएपछि पानी सुक्दै जान्छ । बुढेसकालमा शरीरमा ३०–४० प्रतिशत मात्र पानी
रहन्छ ।यसकारण शरीर सुक्छ,छाला चाउरिन्छ । उमेर बढ्दै जाँदा पानीको मात्रा पनि बढाउँदै जानुपर्छ । सामान्य अवस्थामा दैनिक कम्तीमा २ देखि ३ लिटर पानी पिउने गर्नुपर्छ ।
७– मुस्कुराएर हाँस्ने ःहाँस्दा मुख उज्यालो बन्छ । मुस्कुराएर हाँस्दा मुखको मांसपेशीहरु छालाको व्यायाम हुन्छ । दैनिक हाँस्ने,मुस्कुराउने, मुखको व्यायाम गर्ने आदि कार्यहरुले उमेर घटाउँछ, आयु बढाउँछ ।
८– यौनसम्पर्क कायम राख्ने ःपुरुषमा सेक्स हर्मोन टेस्टोस्टेरोन, महिलामा एस्ट्रोजेन हर्मोनको मात्रा जति धेरै भयो त्यति नै जवानी बढी हुन्छ ।वास्तवमा यिनै हर्मोनहरुको कमी वा बेसीले मान्छेको शरीरलाई बूढो वा जवान बनाउन भूमिका खेल्छ । सेक्स हर्मोनको मात्रालाई घट्न नदिन उमेर बढ्दै जाँदा यौनसम्पर्कको मात्रालाई कायमै राख्नुपर्छ ।६० वर्षको उमेर काटेपछि पनि हप्तामा एकपल्ट यौनसम्पर्क गर्न सक्यो भने सेक्स हर्मोनको सक्रियता बढ्छ । मान्छेको शरीरमा जवानीका लक्षणहरु पनि बढ्छन । सेक्स हर्मोनले पनि छालालाई चाउरी पर्नबाट बचाउँछ ।
९– छालाको मालिस ःभिटामिन ‘ए’ भएको क्रिमले छाला मालिस गर्दा छालाको स्वास्थ्यलाई फाइदा पुग्छ । केरा, सुन्तला,मेवा, आँप आदि फलफूलका बोक्राको भित्री भाग मुखको छालामा दलेर मालिस ग¥यो भने छालाको चमक बढ्छ । फलफूलहरु मध्ये छालाको लागि सबैभन्दा उत्तम आँप हुन्छ । किनकि यसमा भिटामिन ‘ए’,‘सी’, ‘ई’ प्रशस्त मात्रामा हुन्छ । मुखको छाला चाउरिनबाट बचाउन आँपको बोक्राको भित्री भाग दलेर मालिस गर्दा फाइदा हुन्छ । तर जवानी कायम राख्न माथि उल्लेखित अन्य उपायहरु पनि अवलम्बन गरेको हुनु पर्दछ ।
१०– योग अभ्यास गर्ने ः
आसन, प्राणायाम, ध्यानले मानिसलाई जवान बनाइराख्छ । योग अभ्यास सही तरिकाले दैनिक गर्ने हो भने यसबाट सु–स्वास्थ्य, दीर्घायु,जवानी, सुख सबै प्राप्त हुन सक्छ । एक–दुईवटा आसन, प्राणायाम, ओम गदैमा योग अभ्यास पूर्ण हुँदैन । योगको अभ्यास सही तरिकाले,अनुशासित भई,नियमित रुपमा गर्नुपर्छ । यसलाई जीवनको एक अंगको रुपमा लिने गर्नु पर्दछ ।
यी १० वटा उपायहरुका साथमा सधैँ जवान भैराख्न मद्दत पु¥याउने एउटा ‘जिन्स’ पनि तपाईंको ‘डीएनए’मा रहेछ भने तपाईं एकदमै भाग्यमानी हुनुहुन्छ । मान्छेको वंशाणुगत जैविक तत्व जसलाई ‘जिन्स’ भनिन्छ, यसले पनि जवानी कायम राख्न मद्दत पु¥याउँछ । जिन्सले मान्छेको भाग्य निर्धारण गर्दछ । यसकारण सधैँ जवान देखिनका लागि तपाईंलाई भाग्यले पनि साथ दिएको हुनुपर्दछ । एवं प्रकारले तपाईं बस्ने वातावरण (हावा,पानी, घाम आदि) पनि स्वास्थ्यवद्र्धक हुनु आवश्यक छ ।छोटकरीमा भन्ने हो भने तपाईंको प्रयास,वातावरण । भाग्य मिल्यो भने सधैँ जवान देखिन असम्भव छैन ।