जसपाका नेता थापा सहित ९ जना कार्यकर्ता माओवादीमा केन्द्रमा प्रवेश

              २० भदौ, दाङ, नेकपा समाजवादी केन्द्रका प्रदेशस्तरिय नेता विण्णु थापा सहितका नेता,कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नु भएकाे छ । माओवादी केन्द्रकाे जिल्ला समन्वय समिति बैठकमा प्रवेश गर्ने समाजवादीका नेता, कार्यकर्ताहरुलाई प्रमुख अतिथि माओवादी पाटीकाे स्थायी समिति सदस्य रेखा शर्मा र जिल्ला इन्चार्ज निर्मल आचार्यले स्वागत गर्नु भएको थियाे ।         माओवादीमा प्रवेश गर्नेहरुमा तुल्सीपुर क्षेत्रका विष्णु थापा, हेमराज भण्डारी, नरव केसी, कृष्ण कुमार उपाध्याय, सावित्रा चाैधरी, कुलवहादुर चाैधरी, झग्गु नेपाली रामसुरत यादव लगायतका रहनु भएकाे छ ।