कार्तिक ४ घोराही, चुनाव प्रचार,प्रचारले गति लिएसँगै आफनो पक्षमा माहोल बनाउनलाई दलहरुले विभिन्न प्रोपकाण्डहरु चलाएको देखिन्छ । विशेष गरी एमालेले पार्टी प्रवेश भनेर नाम सार्वजनिक गर्ने र लगतैं ती नामवाला व्यतिmहरुले विज्ञप्ती जारी गदैं आफू कुनै पार्टीमा प्रवेश नगरी आफनैं पार्टीमा आस्थाबद्ध रहि काम गरिरहेको भनेर खण्डन गर्नुले भ्रमपूर्ण प्रचारवाजीमा एमाले पार्टी लागिरहेको पुष्टि हुन्छ ।
यहि क्रममा घोराही– १५ एकता टोल विकास संस्था निवासी साउनी चौधरीले एक विज्ञप्ती जारी आफू पार्टी प्रवेश गरेको भनेर भ्रमपूर्ण प्रचार गरिएकोमा आपति व्यतm गर्नु भएको छ । चौधरीको भनाई छ ‘कार्तिक ५ गते बेलुका एमालेका कार्यकर्ता आएर हाम्रो कार्यक्रम छ एकछिन जुटिदिनु परयो भनेर भनेकाले गाउँमा आएपछि कुरा सुन्न बसेको कुरालाई पार्टी प्रवेश गरेको भनेर हल्ला मच्चाइयो,म आफनो विचार, आस्था प्रति प्रतिबद्ध भएर काम गरिरहेको छु’ साउनीको भनाई छ ।
जनता र टोलको चरित्र हत्या गर्ने गरी आगामी दिनमा यस प्रकारको कु–कर्म नर्गन हुन एमाले नेता,कार्यक्रर्ताहरुलाई साउनी चौधरीले चेतावनी दिनु भएको छ ।