७२ वर्षीय वृद्धालाई बलात्कार आरोपमा २ जना पक्राउ

तुलसीपुर, ५ साउन । दाङमा एक वृद्धा माथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धा माथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।