बाढीले बगाएर एक व्यति वेपता

२८ साउन, दाङ, दाङमा एक बृद्धलाई बाढीले बगाएको छ । शौचालय गर्न घरमा हिडेका घोराही उपमहानगरपालिका– ११ निवासी ६४ बर्षीय तिलकराम बिकलाई पत्रे खोलाले बगाएको हो ।
घर नजिक रहेको पत्रे खोलामो शौचालय गर्न बसेका बिकलाई माथीबाट आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । बृद्धको छाता, चश्मा र लठ्ठी भने प्रहरीले फेला परेको छ । बिहान करिब साढे ८ बजे बगेका बिकको प्रहरीले अहिले खोज तलासको काम जारी राखेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिनभयो । गएराति परेको अविरल बर्षाका कारण दाङका खोलाहरुमा बाढी आउनुका साथै पानीको सतह अत्याधिक बढेको छ