भाद्र,१ भालुवाङ, माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टीको ३ महिने ‘बिशेश रुपान्तरण अभियान’ का लागि प्रत्येक वडामा केन्द्रित भएर जनताको घर,घरमा पुग्ने योजना सहित अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । आज भालुवाङमा लुम्बिनी प्रदेशका जनवर्गीय संगठनका अगुवा नेता, कार्यकर्ताहरुको संयुतm बैठकलाई प्रशिक्षण दिदै इन्चार्ज शाक्यले पार्टीले ल्याएको ३ महिने अभियानबाट जनतामा उत्साह बढेको भन्दै अब सरकारले गरेका कामहरुको रिपोट जनतामा पु¥याउन सबै नेता, कार्यकर्ता घरदैलोमा पुग्दा देशकै माहोल नै नयाँ ठाउँमा पुग्ने बताउनु भयो ।
बैठकमा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशको पार्टी नयाँ बनाउन र जनताको घर, घरमा जाने कार्य योजना निर्माण भएको बताउनु भयो बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, केन्द्रीय सदस्य निर्मल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
तीन महिने अभियानमा सबै जनबर्गीय संगठनहरु वडामा पुगेर जनतासँग सहकार्य गने योजना बैठकले निर्माण गरेको छ ।