शान्तिनगर, १० भाद्र
शान्तिनगर गाउँपालिका स्थित बीपी कोइराला माविमा निर्मित छात्रावास भवनको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्नेले उद्घाटन गर्नु भएको छ । प्रदेश सरकारको आर्थिक लागतमा निर्मित उक्त भवन उद्घाटनसँगै प्रयोग आएको छ ।
सो अवसरमा अर्थमन्त्री मास्कीले पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको बताउनु भयो । पश्चिम दाङ विकासका दृष्टिकोणले पछि परेको भन्दै मन्त्री मास्केले अब विकासले फड्को मार्ने बताउनु भएको छ । पश्चिमका खोलाहरुमा पुल, विकट गंगटेसम्मको सहज यातायात, खानेपानी, विद्युत,सडक, सिंचाई लगायतलाई उच्च प्राथमिकता राखेको बताए ।