१३ भदौ, काठमाडौ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) समक्ष पुगेका छन्।
९ किलो सुन प्रकरणमा जोडिएपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीको अनुसन्धानलाई सहजीकरण गर्न सिआइबी समक्ष जान लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्,‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलीमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु ।’